नेभिगेशन
राजनीति

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं मन्त्री रावल


कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताए।


“प्रदेश सरकार अब उक्त खेलकूद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ”, मन्त्री रावलले भने, “हाम्रासामु निकै महत्वपूर्ण भूमिका र चुनौती दुवै छन् ।” खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उनले जिकिर गरे ।

उनले भने, “बुधबारदेखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकूद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ ।” लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्य नियुक्त गरिसकेकाले १०औँ राष्ट्रिय खेलकूद प्रतियोगिता भव्यरूपमा सम्पन्न हुने आशा गरिएको उनको भनाइ थियो ।


उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकूद परिषद्सँग पनि छलफल भएको जनाए । मन्त्री रावलले नवनियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
भर्खरै