नेभिगेशन
सिमकोट

नियमीत खोप लगाउन आवश्यक तीन वर्षमा हुम्ला सुधारोन्मुख

हुम्लामा तीन वर्षको अवधिमा बालबालिकामा लगाइने नियमीत खोपमा केही सुधार देखिएको छ । हरेक बालबालिका जन्मेपछि खोप सेवा प्राप्त गर्नु संबिधानत नैसर्गिक अधिकार भएपनि जिल्लाका अधिकांस बालबालिकाले भौगोली विकटा तथा अभिभावमा देखिएको चेतनाको कमीका कारण समयमै खोप नलगाउने परिपाटी भए पनि केही समय यता देखि नियमीत खोप कार्यक्रम सुधारोन्मुख देखिएको हो ।

दिगो विकास लक्ष्य अनुसार बालबालिका र महिलाहरुको मृत्युमा कमी ल्याउनका लागी खोप ऐनमा भएको ब्यवस्था अनुसार अनिवार्य खोप लिने र दिने कार्य कार्यन्वयन गराउने भनिए पनि भौगोलीक समस्याका कारण अझै समयमै खोप दिन नसकिएको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत हाल नेपालमा १५ महिना मुनिका बालबालिहरु र गर्भवती महिलाहरुका लागी निःशुल्क खोप सेवा प्रदान गरिँदै आएको र यो खोप लगाउन कोही कसैलाई नछुटाएर नियमीत खोपका लगाइने विषयमा जिल्ला सदरमुकाम सिमकोटमा छलफल गरीएको युनिसेफ निर्देशानलयका प्राविधिक कञ्चन थापाले जानकारी दिनुभयो ।

१५ महिना मुनिका बालबालिकाहरुलाई १२ वटा सरुवा रोगहरुका लागी लगाई जस्तै (क्षयरोग,भ्यागुते रोग,लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस, पखाला ) विरुद्धको खोप तथा गर्भवती महिलाहरुका लागि टी.डी.(त्म) खोप सरकारले उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका बालबालिकालाई नियमीत खोप लगाएमा रोग लाग्ने दर कम, रोगहरुको कारणबाट हुने अपाङ्गता दरमा कमी आउनुका साथै नियमीत खोपले बाल मृत्ुदरलाई उल्लेखनीय रुपमा कम गर्ने यूनिसेफका अर्का कर्मचारी रीता अधिकारीले बताउनुभयो ।

सदरमुकाम सिमकोटमा सञ्चारकर्मीहरुको लागी राष्टिय खोप कार्यक्रम, पूर्ण खोप सुनिश्चितता र दिगोपना सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खोप कार्यक्रमको वारेमा मिडियाकर्मी तथा सरोकारवालाहरुलाई जानकारी गराइएको छ । विभिन्न तहमा संचालन हुने खोप सेवाको माग श्रृजना र सामुदायिक सहभागिता वृद्धि गर्न सामाजिक तथा व्यवहार परिर्वतनका लागि संचार रणनितिको वारेमा छलफल गरीएको हो । पुर्ण खोप जिल्ला घोषणाका लागि योजना तथा दिगोपनाका कार्यक्रमहरु वारेमा जिल्लाका सञ्चारकर्मीलाई जानकारी गराईएको युनिसेफ निर्देशानलयका प्राविधिक थापाले जानकारी दिनुभयो ।

सरकारले कुनै पनि बालबालिका खोपबाट बन्चित नहुन भन्ने उदेश्यले कम्तिमा महिनाको एक पटक तोकिएको खोप केन्द्रमा नेपाल सरकारले निःशुल्क खोप सेवा संञ्चालन गर्दै आएको भएपनि हुम्लामा नियमीत खोप सञ्चालन हुन अझै नसकेको बताइएको छ ।

शुक्रबार भएको कार्यक्रममा सिमकोट गाउँपालिका उपाध्यक्ष वलि रावत, निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दान बहादुर बोहरा, जिल्ला स्वास्थ्य सेवा कार्यालयका मान बहादुर रोकाया लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै