नेभिगेशन
सिमकोट

बालविवाह न्युनिकरणमा धामी झाँक्रीको महत्व भूमिका

जिल्लाको सिमकोट गाउँपालिकाले बालविवाह न्युनिकरणका लागी पुजारी र धामी झाक्रिसँग एकदिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

जिल्लाका ग्रामिण वस्तिहरुमा पछिल्लो समयमा वालविवाह गर्नेको दर नघटेर उतिकै रहेकाले यसको न्युनिकरण गर्नका लागी धामी झाँक्रिको भुमिका महत्वपुर्ण रहने भएकाले एकदिने अभिमुखिकरण गोष्ठी कार्यक्रम गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायले बताए ।
बालविवाहको अन्त्य, महिला हिंसा न्युनिकरण तथा कानूनी सहायता सम्बन्धि जानकारी दिने उद्धेश्यले तालिम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिए ।

कार्यक्रममा सहभागी धामी झाँक्रिहरुले बाल बिबाह आफुहरुले नगराउने बताएका छन् । समाजबाटै बालविवाह अन्त्यका लागि आफुहरु अग्रसर हुने भन्दै बालविवाह रोक्ने अभियानमा आफुहरुको साथ सहयोग रहने भएको बताएका हुन् । सानै उमेरमा विवाह गर्ने र गराउनेका लागी कानुन निर्माण भएकाले यसको न्युनिकरणका लागी आफुहरुको सहयोग रहने बताएका छन् ।

आइतबार भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वलि रावत, निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, वडा ४, ५, र ६ का २५ जना पुजारी र धामी झाँक्रिको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै