नेभिगेशन
सिमकोट

माघ १५ देखि सिमकोट गाउँपालिका भित्रका विद्यालय सञ्चालनमा आउने

कोरोना महामारीले बन्द भएका हुम्लाको सिमकोट गाउँपालिकाका विद्यालय माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । आज बसेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

पालिकामा सामुदायिक २३ र निजी ५ गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो । गाउँपालिकाले निजी तथा सामुदायिक २८ वटा विद्यालयका लागी सेनिटाइजर उपलब्ध गराउने भएको छ भने मास्क स्वयम विद्यार्थीले आफ्नै खर्चमा लगाएर विद्यालय उपस्थित हुने भएको अधिकृत रोकायाले जानकारी दिनुभयो ।

यसभन्दा अगाडी सिमकोट गाउँपालिकाले कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गरेर एक हप्ता पठनपाठन गरेको थियो भने उत्तरी नाम्खा गाउँपालिका महाबौद्ध याल्वाङमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि बन्द गरीएको थियो ।

हुम्लामा फागुन पहिलो सातामा नयाँ शैक्षिक सत्र शुरुभएर मङसिरमा वार्षिक परीक्षा भएर हिउँदे तीन महिना विदा हुनेभएपनि यो वर्ष कोरोनाका कारण शैक्षिक संस्था बन्द हुनुका साथै विद्यार्थीको पढाइमा बाधा पुगेपछि १५ दिन अगाडी नै विद्यालय सञ्चालन गरीने भएको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लाका अन्य गाउँपालिकाका विद्यालय कोरोना त्रासले बन्द रहेका छन् ।

हुम्लामा हाल सम्म ९१ जनामा कोरोना संक्रमण देखिएको थियो भने एक जना मात्रै सक्रिय संक्रमित रहेको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै