नेभिगेशन
राजनीति

प्रवक्ता प्रकाण्ड सर्वोच्च परिसरबाटै फेरि पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन्। 

बिहीबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रकाण्ड दोस्रो पटक सर्वोच्च परिसरबाटै पक्राउ परेका हुन्। यसअघिसमेत प्रकाण्ड भदौ १ गते सर्वोच्च परिसरबाटै पक्राउ परेका थिए। 

बिहीबार सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो। 

भोजपुरमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा काठमाडौं प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको हो। प्रहरीले प्रकाण्डलाई अब भोजपुर लानेछ। 

प्रकाण्ड करोडौं चन्दा असुलीको अरोपमा पहिलो पटक साउन २३ गते दक्षिणकालीबाट पक्राउ परेका थिए।  छोरा नरेन्द्रबहादुर विश्वकर्माले गृहमन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजालासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो। 

उक्त आदेश लगत्तै काठमाडौं प्रहरीले प्रकाण्डलाई काभ्रेमा एनसेल टावर आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 
भर्खरै