नेभिगेशन
राष्ट्रिय

हुम्लामा पुन कोरोना संक्रमितको संख्या शून्य

हिमाली जिल्ला हुम्ला विहिबारबाट कोरोना संक्रमण मुक्त भएको छ । यसअघि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना संक्रमण मुक्त जिल्ला भएको हो ।

एकजना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

पुस २५ गते एनिटजेन विधिबाट कोरोना परिक्षण गर्दा सिटिजन्स बैंकका एक जना महिला कर्मचारी सहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो ।

कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडी जिललाबाहिर काठमाण्डौ लगिएको छ भने महिलाको कोरोना रिर्पोट नेगेटिभ आएसँगै उनि घरफिर्ता हुनुका साथै हुमला कोरोना मुक्त जिल्ला बनेको छ ।

लामो समय कोरोना संक्रमणका हिसावले ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा गत असोज यता जिल्ला भरि ९१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल संक्रमित संख्या शुन्यमा झरेको हो ।

केही दिन अगाडी सिटिजन्स बैंकका दुई जना कर्मचारीहरुमा कोरोना देखिएकोमा एकजनालाई कोरोना संक्रमण जटिल बन्दा काठमाडौं रिफर गरिएको र अर्की एकजना महिला कर्मचारीको परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि जिल्लामा कोरोना संक्रमितको संख्या पुन शुन्यमा झरेको हो ।

गत असोज ३ गते हुम्लामा पहिलो पटक नेपालगञ्जबाट हवाई जहाजमा आएकी युवतीमा कोरोना देखिएको थियो । त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विधार्थीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।
भर्खरै