नेभिगेशन
सर्केघार्ड

कार्यालय सहयोगीको भरमा बराई स्वास्थ्यचौकी

हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा ६ मा रहेको बराई स्वास्थ्यचौकीमा झण्डै दुई महिना देखि स्वास्थ्यकर्मी विहिन बनेको छ । सात जना कर्मचारीको दरबन्दी रहेको बराई स्वास्थ्यचौकीमा एकजना कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ ।

मंसिर १५ गते यता देखि कर्मचारी कोही नहुँदा एकजना कार्यालय सहयोगी मान बहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो ।

एचए एक, अनमी दुई, अहेब र कार्यालय सहयोगी एकजना गरेर सातजनाको दरबन्दी भएपनि स्वास्थ्यकर्मी कोही पनि नभएको यहाँका स्थानीयले गुनासो गरेका छन् ।

एकजना कार्यालय सहयोगी मान बहादुर रोकायाले सिटामल बाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका विरामीले दुई महिना देखि रित्तो हात लिएर घर फिर्ता हुनु परेको बताइएको छ ।

बराई गाउँका स्थानीय विरामी हुँदा सामान्य उपचारका लागी कोही साढे एक घण्टाको पैदल हिडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन भने कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको ६० वषिर्य स्थानीय राना बुढाले गुनासो गरे । उनले भने, “आफु आँखाको विरामी भएर स्वास्थ्यचौकी पुग्दा कोही नभेटेर रित्तै हुनु फिर्ता परेको छ” । ,केही महिना अगाडी एकजना एकजना एचए सरुवा भएर गयो, दरबन्दी अनुसार पालिकाले कर्मचारी नपठाउँदा यो समस्या निम्तीएको उहाँको गुनासो रहेको छ ।”

दुई जनाको दरवन्दी रहेको अहेब समायोजन भएदेखि गाउँपालिकाले पठाएको छैन् । दुई जना करार अनमी कर्मचारी स्थानीय भएपनि उनिहरु उपस्थित नहुने गरेको बताइएको छ । कार्यालय सहयोगी मान बहादुर रोकायाले, आफु एक्लै भएकाले काम गर्न गारो भएको, सिटामोल बाहेक अन्य औषधि चिन्न नसकेकाले विरामी आउँदा समस्या हुने गरेको छ । गाउँमा यतिबेला विरामीको चाप बढेको छ, वडा र गाउँपालिका मौन बस्नुका साथै यस क्षेत्रमा स्वास्थ्यको स्थिती डामाडोल बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
भर्खरै