नेभिगेशन
खार्पुनाथ

फोक्सोमा पानी जम्दा २१ वर्षिय गीताको मृत्यु


हुम्लाको खार्पुनाथ गाउँपालिका वडा एकका एकजना गर्भवती महिनाको मृत्युभएको छ । २१ वर्षिय गीता बुढालाई सुत्केरी हुने समय अगाबै व्यथा लाग्दा फोक्सोमा समस्या निम्तीएर मृत्युभएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । 

बच्चा जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज विहान ६ बजे उपचारका क्रममा मृत्युभएको जिल्ला अस्पतालका डाक्टर टसी आङ्जुक लामाले जानकारी दिनुभयो । फोक्सोको रगतको नलीमा अड्किएको फोहोर पानी सप्लायर्स हुन नसक्दा मृत्युभएको डाक्टर लामाले जानकारी दिए ।

सुत्केरी व्यथा लागेको केही समय पछि गाउँबाट जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा थप उपचारका लागी ल्याएपनि उपचार हुन नसक्दा आज विहान मृत्युभएको हो ।

शनिवार साँझ जिल्ला अस्पताल हुम्लामा पुर्याइएका बुढालाई उपचार हुन नसक्दा हुम्लाबाट उद्धारका लागी प्रदेश सरकारलाई थप उपचार गर्न लागी हेलिकप्टर व्यवस्था गरेर रिफर गरीने अवस्थामा रहेको हुँदा फोक्सोबाट पानी सप्लायर्स हुन नसक्दा मृत्युभएको हो । ती महिलाले पाँच महिनाको बच्चलाई जन्म दिएको जानकारी प्राप्त भएको छ ।

भौगोलीक विकटताका कारण समयमै उपचार हुन नसक्कदा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

विद्यार्थीको दिवा खाजाको रकम र छात्रवृतिको रकम विद्यालयका प्रध्यानध्यापक र भुतपुर्व विद्यालय व्यवस्थापनका अध्यक्षको मिलोमतोमा हिनामिना गरेको आरोपसहित विद्यालयमा तालाबन्दी गरिएको थियो । 
खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरूको अनुगमन आईतबारबाट सुरु भएको हो ।
हुम्लामा मनाइयो माघी पर्व

हुम्लामा मनाइयो माघी पर्व