नेभिगेशन
सर्केघार्ड

आफ्नो अधिकार पूर्ण कायान्वय गराउने दलित एकता स्वतन्त्र सञ्जाल हुम्ला

हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा दलित एकता स्वतन्त्र सञ्जालको बैठक सम्पन्न भएको छ । सर्केगाड गाउँपालिका वडा एक देखि आठ सम्म रहेका दलितहरु उक्त भेलामा उपस्थित भएर आफ्नो हकअधिकारका विषयमा सरोकारवाला निकायलाई पूर्ण कायान्वय गराउने प्रतिवद्धता जनाएका छन् ।

सम्पूर्ण दलितहरुले आफ्नो हक अधिकारको संरक्षण गर्न र सरोकारवालालाई नेपालको संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वय गराउनको लागि गाउँपालिका स्तरीय आम भेलाको आयोजना गरेको वडा तीन रिप गाउँका गम्भीर नेपालीले जानकारी दिए ।

प्रत्येक वस्तीबाट दलित समुदायका एक घरको एक जना दलित उपस्थित भएको वडा ७ का नन्दलाल विकले बताउनुभयो । विकले भने, “यो विशाल ¥याली कुनै राजनितीक आस्थाका आधारमा नभई दलितका समग्रअधिकार संरक्षण र उपभोकको लागि सरोकारवालालाई ध्यानकर्षण गराउन र दलितहरुलाई जागरण गराउनको लागि गरीएको हो” ।

यस्तै सोही गाउँपालिका वडा ४ का वडा सदस्य धन सुनारले भने, “दलितका अधिकार नेपालको संविधान र कानुनमा मात्र सिमित छ, तर हाम्रो गाउँ ठाउँमा यो पटक्कै लागु भएको छैन,” । गाउँपालिकामा अहिलेसम्म एक जना दलितको कर्मचारी भएको छैन् ।, सम्पूर्ण क्षेत्रको सहभागिताको सुनिश्चितता गराउनको लागि हामीले लगभग ३०० जना दलितहरुको उपस्थिति गराएर यो आमभेला गरेका छौ । ”

आफ्नो मन्तव्यको क्रममा वडा ६ का औंसे विकले भने, “जुन पक्षले पनि दलितलाई काम लगाउनको लागि उत्प्रेरणा दिएको र उपलब्धि लिने वेला दलितलाई कुनै वास्ता नगरेकाले अव देखि दलितहरु एक जुट हुन जरुरी भएको र दलितको हकहितमा सदैव लागी पर्ने व्यक्तिलाई मात्र यो समितिको नेतृत्व दिनेछौ । ”

कार्यक्रमको अन्तमा धनलाल विकको संयोजत्वमा २५ सदस्यिय कार्य समिति गठन भएको छ । यसै गरी १९ सदस्यिय सल्लाहकार समिति, १७ सदस्यिय अनुगमन समिति र आठ वटै वडामा वडा समिति समेत गठन भएको नन्दलाल विकले बताए ।

यो भेलाको मुख्य उद्देश्यहरु
१. आफ्नो हक हितको लागि दलित एकता कायम राख्ने
२. सामाजिक, आर्थिक र राजनितिक अधिकारको लागि सम्बन्धित सरोकारवाला पक्षलाई ध्यान आकर्षण गराउने ।
३. नेपालको संविधान र अन्य निती तथा नियमावलीमा भएको दलित लक्षित सेवा सुविधाहरुको खोजी नीति गर्ने ।
४. दलित लक्षित योजनाहरुको कार्यान्वयन गराउन पहल गर्ने ।
५. छुवाछुत र जातीय भेदभाव अन्त्यका लागि निरन्तर पैरव गर्ने ।
६. कुनै क्षेत्रको दलितको प्रतिनिधित्व (मूख्य पदमा) सुनिश्चितता गराउने ।
७. उच्च शिक्षामा दलित बालबालिकाहरुको पहुँच सुनिश्चितता गराउने ।
८. स्थानीय स्तरको योजना तजुमा तथा नीति निर्माणमा लक्षित दलित लगायत लक्षित वर्गको सहभागिता बृद्धिका लागि पहल गर्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
भर्खरै