नेभिगेशन
खार्पुनाथ

खार्पुनाथ गाउँपालिकालाई (भ्याक्सिन डिप फ्रिज) सहयोग

गुड नेवर इन्टरनेशनल नेपाल र स्नोल्याड एकिकृत विकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य उपकरण (भ्याक्सिन डिप फ्रिज) हस्तान्तरण गरीएको छ । सोमबार एक कार्यक्रमका विच खार्पुनाथ गाउँपालिकालाई निःशुल्क स्वास्थ्य सामाग्री सहयोग गरीएको हो ।

नेपाल सरकारको P1 कार्यक्रमले खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तर प्राप्तिका लागी थप सहयोग पुग्ने भएको गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । vaccine कभरेज बढनु को साथै Wastage rate ( भ्याक्सिन खेर जाने दरमा कमि आउने भएको संयोजक शाहीले बताए । सोमबार प्रदान गरीएको यो भ्याक्सिनले बालबालिकाले खोपबाट बन्चित हुनुपर्ने अवस्था हट्ने भएको छ ।

सोमबार भ्यािक्सन हस्तान्तरण कार्यक्रममा खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी लगायत जनप्रतिनिधीको उपस्थित रहेको बताइएको छ ।

गुड नेवर इन्टरनेश्नल नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्रले रु चार लाख ५० हजारको स्वास्थ्य सामाग्री सहयोग गरेको खार्पुनाथ गाउँपालिकाका लेखापाल विशाल बोहराले जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै