नेभिगेशन
खार्पुनाथ

खार्पुनाथ गाउँपालिकालाई (भ्याक्सिन डिप फ्रिज) सहयोग

गुड नेवर इन्टरनेशनल नेपाल र स्नोल्याड एकिकृत विकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य उपकरण (भ्याक्सिन डिप फ्रिज) हस्तान्तरण गरीएको छ । सोमबार एक कार्यक्रमका विच खार्पुनाथ गाउँपालिकालाई निःशुल्क स्वास्थ्य सामाग्री सहयोग गरीएको हो ।

नेपाल सरकारको P1 कार्यक्रमले खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तर प्राप्तिका लागी थप सहयोग पुग्ने भएको गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । vaccine कभरेज बढनु को साथै Wastage rate ( भ्याक्सिन खेर जाने दरमा कमि आउने भएको संयोजक शाहीले बताए । सोमबार प्रदान गरीएको यो भ्याक्सिनले बालबालिकाले खोपबाट बन्चित हुनुपर्ने अवस्था हट्ने भएको छ ।

सोमबार भ्यािक्सन हस्तान्तरण कार्यक्रममा खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी लगायत जनप्रतिनिधीको उपस्थित रहेको बताइएको छ ।

गुड नेवर इन्टरनेश्नल नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्रले रु चार लाख ५० हजारको स्वास्थ्य सामाग्री सहयोग गरेको खार्पुनाथ गाउँपालिकाका लेखापाल विशाल बोहराले जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

विद्यार्थीको दिवा खाजाको रकम र छात्रवृतिको रकम विद्यालयका प्रध्यानध्यापक र भुतपुर्व विद्यालय व्यवस्थापनका अध्यक्षको मिलोमतोमा हिनामिना गरेको आरोपसहित विद्यालयमा तालाबन्दी गरिएको थियो । 
खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरूको अनुगमन आईतबारबाट सुरु भएको हो ।
हुम्लामा मनाइयो माघी पर्व

हुम्लामा मनाइयो माघी पर्व