नेभिगेशन
चंखेली

बुढालाई थप उपचारका लागी हेलिकप्टर मार्फत उद्धार

हुम्लाको चंखेली गाउँपालिकाबाट आज एक जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको छ ।

चंखेलि गाउँपालिका वडा ६ चरि गाउँका ३५ वर्षिय अज बहादुर वुढालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । बुधबार वेलुका आफ्नै घरको छतबाट लडेर सक्त घाइते भएका बुढालाई आज विहिबार विहान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर झिकाएर थप उपचारका लागी जुम्लामा पठाइएको छ ।

टाउकोमा गम्भिर चोट लागेर बोमेट गरीरहनुभएका बुढाको अवस्था गम्भिर भएपछि चंखेलि गाउँपालिकाको समन्वय भए पनि विरामी आफैले महंगो भाडा रु ४ लाख ५० हजारमा हेलिकप्टर झिकाएर जुम्ला उद्धार गरिएको चंखेलि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विस्नु बहादुर शाहीले बताए ।

विहिबार वेलुका ५ वजेको समयमा छतमा सुकाएको कपडालाई उठाउने क्रममा बुढा छतबाट लडेर घाइते भएको आफन्तले बताएका छन् ।

जिल्लाका नागरीक सामान्य देखि जटि केशका विरामी हुँदा महंगो हवाई भाडा तिरेर उपचारका लागी जिल्ला बाहिर लिनुपर्ने बाध्यता रहेको छ । भौगोलिक विकतासँगै जिल्लामा पर्याप्त स्वास्थ्य सामाग्री नहुँदा उपचार गर्न हेलिकप्टरको प्रयोग गर्नु पर्ने हुम्लीको बाध्यता रहेको छ । विपरामी हुँदा रु चार लाख देखि दश लाख सम्मको मुल्य तिरेर विरामी उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।