नेभिगेशन
सिमकोट

विद्युतको तार सर्ट हुँदा एकघरमा आगलागी

जिल्लाको सिमकोट गाउँपालिका वडा सातको डाडाफयाको जबुका गाउँमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ । आज दिउँसो तीन बजेको समयमा वडा नम्बर सातका विशाल सिंहको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको स्थानीय विर बहादुर सिंहले बताए ।

दुई तला रहेको सिंहको घरको माथिल्लो तलाको सबै जलेर नष्ट भएको छ भने आगो स्थानीयले नियन्त्रणमा लिएको उनले जानकारी दिए । आतगलागी हुँदा घरमा रहेको अन्नपात, भाडाकुडा, लत्ताकपडा जलेर नष्ट भएको स्थानीय सिंहले बताउनुभयो ।

आगलागी हुँदा घरमा राखिएको महत्वपुर्ण कामजात समेत जलेर नष्ट भएको बताइएको छ । आगलागी भएर क्षेतिको मुचुल्का गर्नको लागी मौसम खराब भएकाले प्रहरीको टोलीले भोली विहान पुग्ने जानकारी दिएको भनको भनाई छ । आगलागीबाट लाखौको क्षेति पुगेको स्थानीयले बताएका छन् । यस्तै आगलागीबाट छिमेकमा रहेका डबल शाही, गोपि सिंह सुगम ाही लगायतको घरमा समेत असर गरेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै