नेभिगेशन
राजनीति

राष्ट्रपतिको कदम असंबैधानिक भन्दै विज्ञप्ती मार्फत हुम्ला काँग्रेसद्धारा ध्यानकर्षण

जेठ सात गते मध्यराती प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा संसद विघटन गरि मध्यावती निर्वाचनमा जाने निर्णय असंवैधानीक भएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस हुम्लाले आज एक प्रेस विज्ञप्ती निकालेको छ । आईतबार एक विज्ञप्ती प्रकाशित गर्दै संसद विघटनको कदम बिरुद्ध जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने समेत काँग्रेस हुम्लाले जनाएको छ ।

काँग्रेसले जेठ ७ गते विकसित राजनीति घटनाक्रमप्रति नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाको ध्यानकर्षण भएको पार्टी सभापति जयपति रोकायाले बताए । काँग्रेसद्धारा जारी विज्ञप्तीमा यो सरकार गठनपछि निरन्तर रुपले गैरसंबैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मुल्य, मान्यताको अवमुल्यवान, विधि र पद्धतिको बेवास्ता तथा संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा तीस दिनभित्र विस्वासको मत लिन नसक्ने भनि मन्त्रीपरिषदबाट निर्णय समेत गराई राष्ट्रपतिलाई अर्को सरकार गठनका लागि अनुरोध गरेर सार्वजनिक रुपमा पनि आफु विस्वासको मत लिन नसक्ने घोषणा गरेको कुरा उल्लेख गर्दै । राष्ट्रपतिबाट प्रधानमन्त्रीले आफु विस्वासको मत लिन नसक्ने भनि सिफारिस गरे पश्चात छोटो समय दिई अर्को सरकार गठनको प्रकृया प्रारम्भ गर्ने कार्य समेत आपत्ती जनक भएको उल्लेख गरिएको छ । नेपालको संविधानको अक्षर र भावना अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदका लागि दावी गर्न नसक्ने स्पष्ट अवस्था हुँदा हुँदै त्यस्तो गैरसंबैधानिक दावीलाई स्वीकार गरि पूनू ः उनलाई नै प्रधामन्त्रीमा निरन्तरता दिने कार्य असंबैधानिक मात्र होइन अनैतिक भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई नीजि सम्पतिका रुपमा आफु अनुकुल प्रयोग गरि रहेको आरोप लगाईएको छ । प्रधानमन्त्रीले हठात अर्को सरकार गठनको सिफारिस गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्रीको नियुक्तीको आव्हान गर्ने, संविधान बमोजिम नियुक्ती गर्नु पर्ने प्रतिनिधि सभाका सदस्य शेर बहादुर देउवालाई नियुक्ती नगरि दावी नै नगर्न मिल्ने सदस्य ओलीलाई नै निरन्तरता दिने कार्य घोर असंबैधानिक, अलोकतान्त्रीक, अधिनायकबादी र सर्वसत्ताबादी कार्य भएको काँग्रेसका बिज्ञप्तीमा उल्लेख गरिएको छ । यी काम राष्ट्रपति र प्रधानमन्त्रीको बदनीयत पुर्ण ढंगले मिलोमतोमा सड्यन्त्रपुर्वक भएका छन् भन्ने तत्थ्य सबै नेपाली जनता सुतेको बेला मध्यराती मन्त्रीपरिषदको बैठकबसी प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको कुरा बिज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति र प्रधानमन्त्री दुवैले सड्यन्त्रमुलक तरिकाले पदको दुरुपयोग गर्दै नेपालको संविधान समाप्त गर्न उद्धत रहेको कुरा नेपाली काँग्रेस हुम्ला ठहर गरेको छ । संघीय गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि नेपाली काँग्रेस हुम्ला सवै लोकतन्त्रवादीहरुलाई नेपालको संविधानको रक्षाका लागि एकताबद्ध भई त्यस बिरुद्ध लड्न समेत आव्हान गरेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै