नेभिगेशन
खार्पुनाथ

गाउँमाथिको ठूलो ढुङ्गा खस्ने त्रासमा कारङ्गाका २० घरधुरी

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् ।

गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्ने थालेपछि ती घरधुरी उच्च जोखिममा परेका हुन् ।

कारङ्गा गाउँका बस्तीमा ढुङ्गा खस्न थालेपछि पहिरोको उच्च जोखिममा परेको स्थानीयवासी हिर सिंहले बताए ।

बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको हो । बस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ । गाउँपालिकाले कुनै वास्ता नगरेको तथा प्रहरी एक पटक आएर माथिपट्टि रहेको ढुङ्गाको अनुगमन गरेको तर त्यसपछि सम्बन्धित निकायले कुनै प्रक्रिया अगाडि नबढाएको सिंहले बताए ।

आजभोलि लगातार वर्षा भइरहेकाले अचानक ढुङ्गा खसेर जिउधनको क्षति भएपछि गाउँपालिकाले पहल गर्नुभन्दा समयमै यसको समाधान गर्नुपर्ने सिंहले बताए । “कारङ्गा गाउँको बस्तीमाथि जताततै भिरालो र भिर भएकाले जमीन भासिएको छ र ढुङ्गा खस्ने भएको छ”, वडाध्यक्ष गुमान बुढाले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...