नेभिगेशन
सिमकोट

दुई दर्जन बढि जुवाडे पक्राउ

प्रहरीले सिमकोटका विभिन्न जुवाको खालबाट ठूलो संख्याका जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

ठूलो दाउ राखेर जुवा खेलिरहेका दुई दर्जन भन्दा बढि जुवाडेलाई खालबाटै पक्राउ गरेर लगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

'सिमकोट माथिल्लो बजारमा रहेका विभिन्न तीन स्थानबाट ठूलो रकम र तासका गड्डी सहित पक्राउ गरेको जनाएका जिल्ला प्रहरी प्रमुख हेरम्भ शर्माले पक्राउ परेका जुवाडेको संख्या र जफत गरेको रकमका बारेमा केहि समयपछि जानकारी दिइने जानकारी दिए ।

हामीले विभिन्न स्थानबाट ठूलो संख्यामा जुवाडेलाई पक्राउ गरेर ल्याएका छौं’ प्रहरी प्रमुख शर्माले भने, अहिले कार्यालयमा रकम गणना गर्ने र पक्राउ परेका व्यक्तीहरुको सनाखत गर्ने काम भैरहेकाले एकिन गर्न केहि समय लाग्ने छ ।’

स्रोतका अनुसार जुवाको खालबाट पक्राउा पर्नेमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी लगायत रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै