नेभिगेशन
सिमकोट

नेपाल हेल्थ ट्रष्टद्धारा ठेहे स्वास्थ्य चौकीलाई साढे २ लाख औषधि सहयोग

सिमकोट । नेपाल हेल्थ ट्रष्टले सिमकोटको ठेहे स्वास्थ्य चौकीलाई निःशुल्क प्रदान गरेको साढे दुई लाख बराबर मूल्यको औषधी आज हस्तान्तरण गरिएको छ ।

ठेहे स्वास्थ्य चौंकीमा बाक्लो वस्तीका कारण बिरामीको चाप हुने र त्यस अनुसार औषधीको अभाव हुने भएपछि स्वास्थ्य चौकी इन्चार्ज दानबहादुर बकोहराको अनुरोधमा ट्रष्टले प्रदान गरेको औषधी आज जिल्ला अस्पताल विकास समितिका अध्यक्ष दिपक भण्डारीले हस्तान्तरण गर्नु भएको हो ।

ट्रष्टले खरिद र ढुवानी गरेर पठाएको ४५ थरीको टाटा तथा अन्य औषधी र २७ थरीको इन्जेक्सन भएका ५ कार्टुन औषधी, एक स्टेचर, ट्रलीलगायतका १० पिस स्वास्थ्य सामाग्री आज जिल्ला अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले ठेहे स्वास्थ्य चौकीका इन्चार्ज बोहरालाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको सिमकोट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ स्थित स्टोरमा भण्डारण गरेर राखिएको औषधी स्वास्थ्य चौकीले पाएपछि बिरामीहरुको उपचारमा ठूलो राहत हुने ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहदाुर बोहराले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालसँग सहकार्य गरिरहेको नेपाल हेल्थ ट्रष्टसँग आफूले स्वास्थ्य चौकीमा भएको औषधी अभाव भएर बिरामीलाई उपचारमा समस्इा भएको अनुरोध गरेकै आधारमा ट्रष्टले स्वास्थ्य चौकीलाई औषधी उपलब्ध गराएको इन्चार्ज बोहराले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै