नेभिगेशन
राजनीति
नेकपा एमाले हुम्ला

नेकपा एमाले हुम्लाद्वारा प्रदेश प्रतिनिधि छनोट

सिमकोट । नेकपा एमाले हुम्ला जिल्ला कमिटीको बैठकले नाम्खा र सिमकोट गाउँपालिकाका प्रदेश प्रतिनिधि छनोट गरेको छ । पार्टीको जिल्ला कमिटीको शनिबार अपरान्ह ११ बजे बसेको बैठकले अषेज १० र ११ गते गते सम्पन्न हुने प्रदेश अबिधेशनका लागि सोही गाउँपालिका भित्रका प्रतिनिधि छनोट गरेको हो ।


जिल्ला भित्रका उच्च तहका नेता हुम्ला आएपछि सुरु भएको बैठक जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाबाट प्रदेश प्रतिनिधि छनोट गरेको छ । शनिबार आफ्न नयाँ पार्टी कार्यलयमा बसेको सोही बैठकले उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाबाट छपाल लामा,उत्तम लामा, मंगल लामा, नोरजङ लामालाई छनोट गरेको हो ।


यसैगरी सिमकोट गाउँपालिकाबाट डबल रावत, तिर्थराज बाहोरा, जय बहादुर शाही, कमल बोहोरा, बिनोद बोहोरा, जसु परियार, छप्साग लामा, र जौका रोकायालाई छनोट गरेको हो । पार्टीले दुई गाउँपालिका भित्रका प्रदेश प्रतिनिधिलाई एकै चोटी छनोट गरेकोे छ ।

आ आफ्ना गाउँ कमिटिको छुट्टा छुटै बैठक बसेको भएपनि एकै पटक छनोट गरेको जिल्ला पार्टी सचिव तिर्थराज बोहोराले जानकारी दिनु भएको छ ।


सोही प्रतियनिधि छनोटका लागि सिमकोट गाउँपालिकाको अध्यक्षता छिरिङ अन्दु लामा, नाम्खा गाउापालिको अध्यक्षता तोपछिरिङ लामाले ग्रहण गर्नु भएको थियो ।

बैठकमा केन्द्रिय सदस्य दल रावल, छक्क बहादुर लामा जिल्ला कमिटि सदस्य लगायत दुबै गाउँपालिकाका नेता तथा कार्यक्रताहरुको उपस्थित रहेको थियो । अन्य गाउपालिकामा भने छनोटकालागि बन्द सत्र सुरु भएको गाउँ कमिटी अध्यक्षहरुले बताएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...