नेभिगेशन
खार्पुनाथ
स्वास्थ्य

खार्पुनाथ गाउँपालिकाले थाल्यो भिडियो एक्सरेका साथै रगत परीक्षण

   हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले सुरक्षित मातृत्वका लागि गर्भवती महिलाहरुका लागि आजबाट निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा आजबाट सुरु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताउनुभयो । आज पहिलो दिन वडा नम्बर ४ छिप्रा स्वास्थ्यचौकीबाट यो सेवा प्रदान गरिएको बताउनुभयो । उक्त स्वास्थ्यचौकीबाट १७ जना गर्भवती महिलाको भिडियो एक्सरेमार्फत गर्भजाँच गरिएको हो । 
गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल सिमकोटमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन सुरु गरिएको संयोजक शाहीले बताउनुभयो । भिडियो एक्सरे कार्यक्रम सुरु भएपछि गाउँका गर्भवतीका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको अनमी सारधा फडेराले बताउनुभयो । प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सकिने भएको अनमी फडेराको भनाई थियो । यस्तै गाउँपालिकाले पहिलो पटक गर्भवती महिलाका लागि रगत परिक्षण पनि गरिएको छ । रगत परीक्षणका लागि सदरमुकाम धाउनु पर्नेको अन्त्य गर्दै गाउँमै यो सेवा दिन थालिएको गाउँपालिका संयोजक शाहीले बताउनुभयो । रगत परिक्षण र भिडियो एक्सरे सेवा दिन अनमी फडेरा र श्रीदेवी शाही खटिएका छन् । वडा एकदेखि पाँचसम्म यो सेवा दिइने भएको छ । भोली खर्पेगाउँ स्वास्थ्यचौकीबाट सेवा प्रदान गरिने भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...