नेभिगेशन
राजनीति
नेकपा एमाले

नेकपा एमाले हुम्लाको दशौं जिल्ला अधिवेशनमा अध्यक्षमा बुमी सहितको प्यानल नै विजयी

 हुम्ला । नेकपा एमाले हुम्लाको दशौं जिल्ला अधिवेशनमा शिर्ष नेतृत्वले नेतृत्व छनोट गर्न नसक्दा चुनाव भएर अध्यक्षमा ज्ञामी बुमी निर्वाचती हुनु भएको छ ।
आइतबार साँझ पाँच बजेबाट मतदान भएर राती मतगणना भएको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल खडा भएर चुनावी मैदानमा उत्रिएका थियो । एमाले जिल्ला पार्टी अध्यक्षमा बुमी निर्वाचित हुनु भएको छ । बुमी १ सय २४ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचीत हुनु भएको हो । भने उहाँका प्रतिद्धन्दी डबल रावतले एक सय १९ मत प्राप्त गर्नु भएको । अध्यक्ष पदमा बुमीले ५ मत बढी प्राप्त गरेर विजयी हुनुभएको हो । बुमीको प्यानल नै उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुल्ला उपसचिवको पदाकारी पदमा निर्वाचीत भएका छन् ।
सबै भन्दा बढी लोकप्रिय मत पाएर प्रकाश बहादुर शाही उपाध्यक्षमा निर्वाचीत हुनु भएको छ । उपाध्यक्षमा शाहीले १ सय ६२ मतले विजयी हुनुभयो । भने उहाँका प्रतिस्पर्धी उब्जन मल्ल ८० मत प्राप्त गर्नुभयो । यस्तै सचिव पदमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर निर्वाचीत हुनु भएको हो । भने उहाँका प्रतिस्पर्धी गोकुल बुढाले १ सय ३ मत प्राप्त गर्नुभयो । खुल्ला उपसचिवमा प्रदिप लामाले १ सय ३३ मत ल्याएर विजयी हुनुभयो । भने उहाँका प्रतिद्वन्द्वी बुध भण्डारी १ सय १ मत ल्याउनु भएको हो । यस्तै महिला उपसचिवमा मञ्जु रावलले १ सय ३४ मत ल्याएर विजयी हुनुभयो । भने उहाँका प्रतिद्वन्द्वी बिमला कुमारी शाहीले ९५ मत प्राप्त गर्नुभयो ।
जिल्लाबाट नेतृत्व गर्ने केन्द्रिय स्तरका नेता विभाजित भएका छन् । एमाले केन्द्रीय सदस्यद्धय दल रावल र छक्क बहादुर लामा एक कित्तामा छन् । भने उनिहरुको प्यानलका निर्वाचीत जिल्ला अध्यक्ष बुमी सहितको टिम निर्वाचीत भएको छ । यस्तै एमाले केन्द्रीय सदस्य दल बहादुर फडेरा र स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटी प्यानल पराजीत भएको हो । भने रावत जिल्ला पार्टी अध्यक्षका उम्मेदवारी सहित आफ्नो प्यालन सहित चिर्वाचनमा खडा हुनु भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...