नेभिगेशन
राजनीति
सांसद

कर्णाली प्रदेशमा परियार मन्त्री नियुक्त


हुम्ला । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धनको दल माओवादीका सांसद परियारलाई आज विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको हो । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको छ । परियार हुम्ला १ बाट प्रदेशसभामा निर्वाचित हुनुहुन्छ । चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कँडेलले अझै सरकारलाई पूर्णता भने दिन सक्नुभएको छैन  मुख्यमन्त्री कँडेलले भोलि, विश्वासको मत लिने तयारी गर्नुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...