नेभिगेशन
सिमकोट
हावाहुरीले उडाएको विद्यालय भवन

हावाहुरीले ठेहेमा रहेको रामदेव विद्यालयको छानो उडायो पठनपाठन प्रभावित

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहेमा रहेको रामदेव माध्यामिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । विद्यालयको छानो जस्तापाताले छाएको थियो । मंगलबार राती बेस्सरी चलेको हावाले जस्तापाताले छाएको छानो उडाएको हो ।

मंगलबार राती चलेको हावाले रामदेव माध्यमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डारीले बताउनुभयो । हावाहुरीले उक्त विद्यालयको एकतर्फि भागको सबै जस्तापाता उडाएको छ । हावाहुरीले उडाएको दुई कोठे भवनमा कक्षा सात र आठका विद्यार्थी अध्ययन गर्दै आएका थिए । कक्षा सातमा १८ जना र कक्षा आठमा २२ जना विद्यार्थी हावाले उडाएको भवनमा पठनपाठन गर्दै आएको शिक्षक अभिभावक संका अध्यक्ष भण्डारीले बताउनुभयो ।

मंगलबार राती हावाहुरीले छानो उडाउदा ती दुई कक्षाका विद्यार्थीलाई पठनपाठनमा समस्या भएको उहाँले बताउनुभयो । उक्त दुई कोठे भवन २०७६ सालमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण भएको थियो । उक्त दुई कोठे भवनको लागत त्यतिबेला रु १८ लाख र जनश्रमदान दुई लाख गरी रु २० लाखमा निर्माण भएको थियो । विद्यालयको छानो उडाउँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको सोही विद्यालयका प्रधानध्यापक टिकाराम पौडेलले जानकारी दिनुभयो । हावाहुरीले उडाएको छानो मर्मतका लागि पहल गरि दिन प्रधानध्यापक पौडेलले आग्रह गर्नुभएको छ । 

441956345_804913281702541_6258760320604042364_n1715822495.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै