नेभिगेशन
सिमकोट
नदीमा बालक डुबेर बेपत्ता 

दोजाम कर्णाली नदीमा चार वर्षिय बालक डुबेर बेपत्ता 

सिमकोट । हुम्लाको दोजाम कर्णाली नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो दुई बजे सिमकोट गाउँपालिका–१ दोजाम गाउँ नजिक रहेको दोजाम कर्णाली नदी ४ वर्षिय बाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । प्रहरी निरीक्षक चन्दका अनुसार, बुधबार दिउँसो दोजाम गाउँका अङजु लामाका छोरा चारवर्षका अनमोल लामा बेपत्ता भएको बताउनुभयो । 

    गाउँ नजिक रहेको दक्षिण दोजाम कर्णाली नदीमा नुहाउन गएका बालक लामा बेपत्ता भएका हुन् । अहिले बेपत्ता भएका बालक लामाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बालक बेपत्ता भएको परिवारले बुधबार दिउँसो तीन बजे ग्याग्रु प्रहरी चौकीलाई जानकारी गराउनका साथ खोजी कार्य तीब्र पारिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । 

    ग्याग्रु प्रहरी चौकीका पुस्करसिंह कुवरको नेतृत्वको टोलीले अहिले त्यस आसपासका बर्णाली नदी क्षेत्रमा खोजी कार्य तीब्र पारिरहेको बताइएको छ । यस्तै बेपत्ता बालकको खोजीका लागि याङ्चु खार्पुप्रहरी चौक, प्रहरीचौकी,सर्किदेउ प्रहरी चौकी, तुम्च प्रहरी चौकीको टोलीले समेत खोजी कार्य तीब्र पारिरहेको छ । बेपत्ता भएका बालकको खोजी कार्य तीब्र पारिरहेको भएपनि भेटाउन नसकिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग  सम्वन्धि अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा...
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन

सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिकाको पालिका स्तरीय अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको हो । सिमकोट गाउँपालिकामा रहेका ४...
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...