नेभिगेशन
सिमकोट
निजि मेडिकल सिल

गाउँपालिकाले सिल गर्यो सिमकोटमा सञ्चालीत तीन मेडिकल

सिमकोट । हुम्लाको सदरमुकाममा नियम विपरीत सञ्चालन हुँदै आएका तीन वटा निजि मेडिकल सिल गरिएको छ । सिमकोट गाउँपालिकाले वैशाख विस गते सिमकोटमा सञ्चालीत पाँचवटा निजी मेडिकलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा गाउँपालिकाले मापदण्ड नपुगेका ती मेडिकललाई सबै प्रक्रिया पुरा गर्न तीन दिनको समय दिएको थियो । तर गाउँपालिकाले दिएको समयमा कागजात र फार्मेसी पढेका स्वास्थ्यकर्मी राख्न नसक्दा तीन वटा मेडिकल सिल गरिएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम)ले बताउनुभयो । 

436749227_866450835303354_7806710283727232621_n1716172893.jpg

मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएका ती सबै मेडिकलले प्रक्रिया पुरा गर्न नसक्दा गाउँपालिकाले बन्द गरेको उपाध्यक्ष रोकाया (भाम)ले बताउनुभयो । गाउँपालिकामा दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसललाई बन्द गरिएको हो । गाउँपालिकाले भने अनुसार प्रक्रिया पुरा गर्न नसक्ने सिया मेडिकल हल, सि.पि. औषधि पसल र बुधे मेडिकल हल औषधि पसल सञ्चालमा बन्द गरिएको गाउँपालिका उपाध्यक्ष रोकाया (भाम)ले बताउनुभयो । बन्द गरिएका केही मेडिकलले यसअघि डाक्टरको अनुमनि विनाका औषधि विक्री गर्दै आएको पाइएको थियो । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै