नेभिगेशन
सिमकोट

वर्षाले हुम्लामा क्षति गर्न सुरु

सिमकोट । विहिबार दिनभर देखि राती आएको अविरल वर्षाले हुम्लाको सिमकोट गाउँपालिका–७ मा रहेका तीनवटा वस्तिमा क्षति पुर्याएको छ । यस क्षेत्रमा आएको वर्षाले वडा नम्बर ७ डाँडाफया साविकको वडा नम्बर ५ को टुलिङ र दलित वस्ति चुकेडि गाउँमा ठूलो क्षति गरेको हो । यहाँ रहेका तीनवटा वस्ति जोखिममा रहेको स्थानीय तथा पत्रकार मन्दिर सिंहले बताउनुभयो । सिंहका अनुसार, विहिबार आएको वर्षाले बाढी आउँदा यस क्षेत्रका १५ वटा आलु, सिमी, कोदो लगाएको खेत बगाएका छन् । खेतमा लगाएको बाली समेत बगाएर लिएको सिंहले बताउनुभयो । 

टुलिङ र दलित चुकेडी गाउँका नागरीकले प्रयोग गर्दै आएका ४ वटा पानी घट्ट समेत बगाएर लिएको बताइएको छ । बाढीले ती घट्ट काम नलाग्ने गरी बगाएका छन् । यस्तै हिमाली शिक्षा र विकास हेड नेपालले सहयोग गरेको आउबीर सुनारको आधुनिक घट्ट समेत बगाएर लिएको छ । स्थानीयले पिस्नका लागि राखेको झण्डै दुई क्विइन्टल अनाज समेत बगाएर लिएको सुनारले बताउनुभयो । अविरल वर्षाले बाढी आउँदा यहाँका वस्ति जोखिममा रहेको सुनारको भनाई छ । टुलिङ र दलित वस्ति चुकेडी गाउँमा झण्डै ४० भन्दा बढी घरपरिवार बसोवास गर्दै आएको बताइएको छ । 

यस्तै सोही वडाको ओखरेलनमा आएको बाढीले खानेपानीको पाइप बगाएर थाया लगायतका गाउँमा खानेपानीको समस्या बनाएको सिंहले बताउनुभयो । यहाँ झण्डै ५० घरधुरी रहेका छन् । उनिहरुले प्रयोग गर्दै आएको खानेपानीको पाइप बगाएपछि टाढा गएर खानेपानीको जोहो गर्नु पर्ने अवस्था आएको छ । 

यस्तै वडा नम्बर ७ को जबुका गाउँमा समेत बालीनाली, खानेपानी पाइप, घट्ट लगायतमा क्षति गरेको अर्का स्थानीय विर बहादुर सिंहले बताउनुभयो । वर्षाले क्षतविक्षत गर्दा खानेपानीको समेत समस्या बनाएको सिंहले बताउनुभयो । खेतमा छर्किएर पलाउँदै गरेका बाली आल, सिमी, कोदो, फापर, गहुँ,भटमास, तोरी, लगायत तरकारी बाली गोपि,बन्दा लगायतका बालीमा क्षति बगाएर लिनुका साथै बगाएर लिएको सिंहले बताउनुभयो । अप्रत्यासित रूपमा परेको वर्षाले पहिलो पटक जिल्लाको डाँडाफयामा कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै