नेभिगेशन
सिमकोट
राजस्व संकलन

यो आर्थिक वर्षमा सिमकोट गाउँपालिकाले रु ६८ लाख राजस्व संकलन गर्यो

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा रु ६८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । 

   आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ मा आन्तरिक श्रोतबाट आफुले सोचे भन्दा कम राजस्व संकलन गरेको बताएको छ । गाउँपालिकाले आर्थिक २०७९।०८० मा रु पचास लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष राखेपनि झण्डै ४३ लाखसम्म मात्रै संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । यो आर्थिक वर्षमा गाउँपालिकाले सोचे अनुसार राजस्व संकलन गर्न नसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताउनुभयो । यो आर्थिक वर्ष २०८०।०८१ मा रु असी लाख रुपैयाँ राजस्व उठाउने लक्ष भएपनि ६८ लाख मात्रै संकलन भएको छ । 

    सिमकोट गाउँपालिकाले आर्थिक २०७९।०८० भन्दा आर्थिक वर्ष २०८०।०८१ मा रु २५ लाख बढीले आन्तरिक श्रोतबाट राजस्व संकलन गरेको हो । गाउँपालिकाले दुई वर्ष यतादेखिका आर्थिक वर्षबाट उठेको राजस्वबाट गाउँपालिकाको जग्गा खरिद देखि भवन निर्माणसम्मका लागि लगानी गरिने भएकाले अन्य क्षेत्रमा खर्च नभएको रोकायाले बताउनुभयो । 

   गाउँपालिकाले, घरबहाल कर, पसल व्यवसाय, विभिन्न फर्म दर्ता, नविरकण, वडाका सम्र्पुण सिफारी, लगायतबाट राजस्व उठेको बताइएको छ । राजस्व वृद्धि गर्न गाउँपालिकाले राजस्व चुहावट भएका क्षेत्रहरुको पहिचान गर्ने समेत बताइएको छ । गाउँपालिका भवन निर्माण रु एक करोड छुट्याएको बताइएको छ । तर गत वर्षभन्दा यो वर्ष २५ लाखले बढी राजस्व संकलन भएपनि सोचे अनुसारको उठ्न नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताउनुभयो । 

    यस्तै सिमकोट गाउँपालिकामा आर्थिक २०७९।०८० भन्दा २०८०।०८१ मा कम बजेट फ्रिज पठाएको छ । आर्थिक २०७९।०८० मा रु चार करोड बढी बजेट फिर्ता पठाएको सिमकोट गाउँपालिकाले यो आर्थिक वर्षमा झण्डै साढे दुई करोड बजेट फिर्ता पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताउनुभयो । यो आर्थिक वर्षमा गाउँपालिकाले झण्डै दुई करोड कमले बजेट फ्रिज हुनुका साथै काम पनि सन्तोषजन भएको गाउँपालिका अधिकृत रोकायाले पुनः बताउनुभया् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै