नेभिगेशन
खार्पुनाथ
नमस्ते टेलिफोन सेवा अवरुद्ध

टेलिफोन अवरुद्ध चार दिनदेखि चारवडाका सेवाग्राही मर्कामा

हुम्ला  । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर तीन रायाको ठानाकोटमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका चार वटाका वडाका सेवाग्राही मर्कामा परेका छन् । चार दिनदेखि नमस्ते टेलिफोन सेवाले काम गर्न छोड्दा यहाँका नागरीकले जिल्ला बाहिर र सदरमुकाम लगायत छिमेकी गाउँपालिकामा भएका आफन्तसँग टेलिफोनमा जोडिन नसकेको बताएका छन् ।

वडा नम्बर तीन रायाको ठानाकोटमा रहेको टावरका लागि जडान गरिएको सोलारको जस्ता पाताले काम नगर्दा टेलिफोन सेवा अवरुद्ध भएको यहाँका स्थानीयले बताएका छन् । गाउँमा एक मात्रै सञ्चारको माध्यम टेलिफोन भएपनि चार दिनदेखि नबन्दा यहाँका नागरीक अन्यत्र रहेका आफन्तसँग फोन सम्पर्कमा जोडिन नसकेका हुन् । यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही टेलिफोन सेवाबाट बन्चित रहेका छन् ।

यी चारवटा वडाका झण्डै दुई हजार बढी सेवाग्राही मर्कामा परेका छन् । धेरै वर्ष पुराना सोलार भएकाले बेला बेलामा अवरुद्ध हुँदै आएको छ । टावर जडान गरिएको स्थानमा विद्युत पुगेको भएपनि टावरमा विद्युत जडानका लागि वडा र गाउँपालिकाले बेवास्ता गरेको यहाँका नागरीकको गुनासो छ । टावर सञ्चालनका लागि विद्युत जडान गरेपछि त्यसको विल कस्ले तिर्ने भन्दै वडाले जडान नगरेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै