नेभिगेशन
सर्केघार्ड

सडक खन्दा खसेको ढुंगा लागेर एक वृद्धको मृत्यु

भदौ ३१, सर्केगाड । कर्णाली करिडोर सडक खण्डको सर्केगाड–सरीसल्ला खण्डको बाटो खन्न्ने क्रमममा स्काभेटरले खसालेको ढुङ्गा लाग्दा एकजना वृद्धको ज्यान भएको छ ।


ढुङ्गा लागेर सेर्केगाड गाउँपालिका ४ का ७४ वर्षिका साउने थापाको घटनास्थलमै मृत्यु भएको सर्केगाड प्रहरी चौकीले जानकारी दिएको छ । सर्केगाडको न्यासी खोला भन्ने स्थानमा माथिबाट सडक खनिरहेका बेला खसेको ढुङ्गाले तल हिडिरहेका थापाको टाउँकोमा लागेपछि थापाको घटनास्थलमै ज्यान गएको उनका आफन्तलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका इनिष्पेक्टर गेहन्द्रबहादुर बोगटीले जानकारी दिए ।
ह्ुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्न सिमकोट देखि सलिसल्लासम्मका विभिन्न स्थानमा अहिले ट्रयाक ओपनिङ्गको काम भैरहेको छ ।

दिउँसो वनमा आप्mना पशुवस्तु गाईवस्तु चराउन गएका थापाले शनिबार अपरान्ह ७ बजे घर ल्याउने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको सर्केगाढ प्रहरी चौकी लाइै उदृत गर्दे जिल्ला प्रहरी कार्यलय हुम्लाका इनिस्पेक्टर बोगटीले बताए ।
मृतक थापाको लाशको पोष्टमार्टम आइतबार जिल्ला अस्पताल सिमकोटबाट हेलिकप्टरमा गएको डा. नविन रोकायाको टोलीले गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

लाशको पोष्टमार्टम गरेर फर्केका डा. रोकायाका अनुसार मृतकको टाउकोको दाँयापट्टी निकै गहिरो चोट लागेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
भर्खरै