नेभिगेशन
सिमकोट
आर्थिक अभाव

क्यान्सर पिडित बालकको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल गर्दै परिवार

सिमकोट । हुम्लाको एक जना क्यान्सर पिडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर आठ स्याडाका १० वर्षिय बालक दिपेश बुढा ट्युमर क्यान्सर रोगले ग्रशित हुँदा उपचारमा आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । ट्युमर क्यान्सर पिडित छोराको अप्रेशन गर्नु पर्ने भएकाले अप्रशनका लागि आर्थिक अभाव भएको बुवा बल बहादुर बुढाले गुनासो पोख्नुभयो । क्यान्सर पिडित दश वर्षिय बालकलाई अप्रेशनका लागि काठमाण्डौंमा पुर्याएपनि थप उपचारका लागि आर्थिक अभाव हुँदा अप्रेशन रोकिएको बुवाको गुनासो छ । छोराको उपचारका लागि सहयोगको अपिल गरेको सोही वडाका वडाध्यक्ष कमल बुढाले बताउनुभयो । वडाध्यक्ष बुढाका अनुसार बालकको अप्रेशन गर्नको लागी घरको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा सहयोग रकम संकलन सुरु गरिएको बताउनुभयो । क्यान्सर पिडित बालकको अप्रेशनका लागि आइतबार पहिलो दिन रु ४३ हजार १५ रुपैयाँ संकलन भएको वडाध्यक्ष बुढाले बताउनुभयो । पिडित बालकको अप्रेशनका लागि सक्ने जति सक्दो सहयोग गरिदिन बुवाले आग्रह गर्नुभएको छ । क्यान्सर पिडित बालकलाई सहयोग गर्न इच्छुकले राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर ४१९०१०००००५६८११८ मार्फत पनि सहयोग गर्न सकिने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै