नेभिगेशन
सिमकोट
ग्याबिन महिना दिन नपुग्दै भत्किएको

पहिरो नियन्त्रणका लागि निर्माण गरिएको ग्याबिन महिना दिन नपुग्दै भत्कियो

सिमकोट । पहिरो नियन्त्रणका लागि निर्माण गरिएको ग्याबिन महिना दिन नपुग्दै भत्किएको छ । हुम्लाको सिमकोट गाउँपालिका –७ को डाडाफयाँ गाउँ स्थित चौख्या ढुङ्गा पहिरो नित्रयन्त्रका लागि निर्माण सम्पन्न भएको ग्याबिन केही दिनअघि आएको वर्षातले भत्काएको छ । आर्थिक वर्ष २०८०।०८१ म लिप्स प्रोजेक्ट नामक संस्थाले रु १६ लाखमा निर्माण गरेको उक्त स्थानको ग्याबिन भत्काएको हो । गाउँमा विकास निर्माणमा स्थानीय उपभोक्ताले गतिलो संरचना बनाउन नसक्दा वर्खायाममा आउने वर्षातले क्षति पुर्याउने गर्दछ ।

   निर्माण सम्पन्न भएको महिना दिन नपुग्दै केही दिनअघि आएको अविरल वर्षाले उक्त ग्याबिन भत्काएको वडाध्यक्ष बलविर शाहीले बताउनुभयो । प्राकृतिक रुपमा आइपर्ने यस्ता खाले विपतीलाई कसैले रोक्न नसक्ने वडाध्यक्ष शाहीले बताउनुभयो । केही दिन अघिको वर्षाले चौख्या ढुंगाको ग्याबिन मात्रै नभएर गाउँका नन्य घरहरुमा समेत क्षति पुगेको उहाँले बताउनुभयो । यस्तै डाडाफयामा रहेका खेतबारीमा समेत ठूलो क्षति पुर्याएको वडाध्यक्ष शाहीले बताउनुभयो ।

   उक्त स्थानमा पाँच छ वर्ष अघि तल्लो भागमा समेत ग्याबिन निर्माण भएको थियो । सोही स्थानमा लिप्स प्रोजेक्टले थप पहिरो नियन्त्रण जोखिम अन्त्य गर्नका लागि उक्त बजेट विनियोजित गरेको थियो । अहिले ग्याबिन भत्काउँदा यहाँका सर्वसाधरणलाई आवतजावतमा समेत समस्या बनाएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै