नेभिगेशन
राजनीति

एमालेले टुंग्यायो कार्यविभाजन  

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४औं बैठक पार्टीको केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमा रिक्त पदाधिकारी तथा सदस्यहरू मनोनयन तथा केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनको निर्णय गरी सम्पन्न भएको छ । 

बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो । अध्यक्ष ओलीले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षाअनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो ।  

बैठकले पार्टीको रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यसैगरी पार्टीका पुराना नेता मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ । 

बैठकले केन्द्रीय कमिटीमा १७ जनालाई मनोनयन गरेको छ । त्यसैगरी, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्मा पनि सदस्यहरू मनोनयन गरेको छ ।  

नयाँ कार्यविभाजन अनुसार सात प्रदेशको इन्चार्जमा शेरधन राई (कोशी), लिलानाथ श्रेष्ठ (मधेस), डा. राजन भट्टराई (बाग्मती), किरण गुरुङ (गण्डकी), पद्मा अर्याल (लुम्बिनी), गोरखबहादुर बोगटी (कर्णाली) र लेखराज भट्ट (सुदूरपश्चिम) तोकिनुभएको छ । यसअघि गतबर्ष फरक भूगोगको जिम्मेवारी पाउनुभएका अधिकांश केन्द्रीय कमिटी सदस्यहरू गृहजिल्लाको जिम्मेवारीमा फर्कनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै