नेभिगेशन
सिमकोट

जटिल समस्या भएका ११ महिलाको हुम्ला अस्तालले गर्यो सफल अप्रेशन

सिमकोट । जिल्ला अस्पताल हुम्लामा आर्थिक वर्ष २०८०।०८१ मा अति जटिल समस्या भएका ११ जना गर्भवती सुत्केरी महिलाको अप्रेशन गर्न सफल भएको बताइएको छ ।

जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराका अनुसार, यो आर्थिक वर्षमा जिल्ला अस्पताल हुम्लाले विभिन्न जटिल केश सुत्केरी हुन नसकेका ११ जना महिलाको शल्याक्रिया मार्फत सुत्केरी गराउन सफल भएको बताउनुभयो । जिल्ला अस्पतालमा भर्ना भइ बच्चाको खुट्टा, हात, टाउको लगायतका शरिरका अंग अड्किएर जिल्ला बाहिर रिफर हुने केशलाई जिल्ला अस्पताल हुम्लाले सफल शल्याक्रिया गराएर ज्यान बचाएको अनमी बोहराले बताउनुभयो ।

यस्तै (सामान्य जटिल) समस्या भएका ३८ जना महिला जिल्ला अस्पतालमा सुत्केरी भएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न गाउँपालिकामा रहेका एक सय, अठ्ठचालीस जना महिलालाई जिल्ला अस्पताल हुम्लामा यो आर्थिक वर्षमा सुत्केरी भएको सिनियर अनमी बोहराले बताउनुभयो ।

विशेषज्ञ डाक्टर हुम्लामै भएका कारण जिल्ला बाहिर लिुन पर्ने केश पनि अस्पतालले सहज रुपमा समाधान गरेको जानकारी प्राप्त भएको छ । आर्थिक वर्ष २०८०।०८१ को असारदेखि २०८१।०८२ को असारसम्म एक सय अठ्ठचालीस जना महिला जिल्ला अस्पताल हुम्लामा सुत्केरी भएको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा भर्ना भएपछि उनिहरुको अप्रेशनमा विभिन्न समयमा डाक्टर कैलाश लामा, रोशन रावत, हिम विक्रम शाही, खरास्थी प्रजापति लगायतका चिकित्सक सहितका स्वास्थ्यकर्मी खटिएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै