नेभिगेशन
खार्पुनाथ

वर्षासँगैको पहिरोले रायाको वनमा पचास भेडा मरे  

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा आएको बाढी पहिरोमा परी पचास वटा भेडा मरेका छन् ।

बुधबार दिउँसोदेखि हुम्लामा आएको अविलर वर्षाले राया गाउँका दुई जना स्थानीयको पचास वटा भेडा बाडी पहिरोमा परी मरेका छन् । बर्खायाम सुरु भएसँगै लेख तिरका उच्च भेडिगोठमा पाल्नका लागि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेख लिएका भेडा मरेको बताइएको छ ।

उक्त वनमा चरिचरनका लागि लिएको दिउँसोको समयमा एकासि सुख्खा खोलाबाट अविरल वर्षा भए सँगै बाढि पहिरो आउँदा राया गाउँका धुन बोहराका २५ र अर्का स्थानीय सुरेन्द्र बोहराको २५ गरी पचासवटा भेडा मरेको पिडित सुरेन्द्र बोहराले बताउनुभयो ।

२५ वटा भेडा मरेसँगै चिन्ति बनाएको पिडित बोहराले गुनासो गर्नु पोख्नुभयो । बोहराले भन्नुभयो, “आफु लामो समदेखि भेडा व्यवसाय गर्दै आएको थिए । यहीँ व्यवसायबाट घरखर्चका साथै छोराछोरी पढाउदै आएको भएपनि एक्कासी आएको पहिरोमा परी भेडा मर्दा चिन्तित बनाएको दुखेसो गर्नुभयो । अविरल वर्षाले गर्दा आएको बाढी पहिरोमा परि मरेर नोक्सानी भएसँगै छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता भएको बोहराले गुनासो गर्नुभयो । भेडाबाटै छोराछोरीको पठनपाठनका साथै घर खर्च समेत चल्दै आएको थियो ।”

भेडा बाढी पहिरोमा परी मरेसँगै आफ्नो गरी खाने रोजिरोटी समेत गुमेको बताउनुभयो । गाउकाँ मानिस गएर मरेका भेडाको खोज तलास र उद्धार गरेको बताइएको छ । हुम्लामा स्थानीय जातका भेडाको मूल्य रु तीस हजारमा विक्री हुँदै आएको उहाँले बताउनुभयो । पच्चीसवटा भेडा बाढी पहिरोमा परी मरेपछि रु सात लाख पचास हजार बराबरको क्षति भएको उहाँले बताउनुभयो । यस्तै अर्का धुन बोहराको पनि सोही अनुसार सात लाख पचास हजार बराबरको क्षति भएको बताइएको छ । दुई स्थानीयका पचासवटा भेडा मर्दा पन्ध्र लाख बराबरको क्षति भएको छ । यसअघि नै सदरमुकाम लगायतका गाउँमा लिएर विक्री गरेको भए यति ठूलो नोक्सानी व्यहोर्नु नपर्ने अर्का धुनले बताउनुभयो । हुम्लाका प्रतिभेडाको चालीस हजारसम्म मूल्य पर्ने गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जिल्लाको खार्पुनाथ गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका पाँचवटै वडामा जन्मदेखि २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेपछि...
भर्खरै