नेभिगेशन
सिमकोट

सिमकोटका फार्मेशी अनुगमन, एकमा लगाइयो ताला 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन हुँदै आएका निजी फार्मेसीको सोमबार अनुगमन गरिएको छ । सदरमुकाममा सञ्चालन भएका चारवटा मेडिकलको अनुगमनका क्रममा एक फार्मेसीमा ताला लगाइएको छ । सिमकोटमा सञ्चालित फार्मेसीहरु निर्धारित मापदण्ड बिपरित सञ्चालन हुदै आएको पाइएपछि अनुगमनका क्रमका ताला लगाइएको जानकारी प्राप्त भएको छ । 

निर्धारित न्युनतम मापदण्ड अनुसार पालना नगरी सञ्चालन हुँदै आएको क्रिसव एण्ड क्रिसाङ फार्मेसीलाई ताला लगाएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर बहादुर भण्डारीले बताउनुभयो । सदरमुकाममा सञ्चालन हुँदै आएका फार्मेसीहरुको अनुगमन गर्ने क्रममा उक्त फार्मेसीले गाउँपालिकामा दर्ता नै नगरी सेवा प्रवाह गरिरहेको भेटीएपछि ताला लगाएर बन्द गरिएको संयोजक भण्डारीले बताउनुभयो ।

उक्त फार्मेसी अनुगमन गर्दा फार्मेसीका नाममा व्यवसाय दर्ता नभएको, स्थायी पाना नम्बर दर्ता नभएको, मुल्य सुची टाँस नभएको र केही हद म्याद नाघेका औषधीहरु समेत बिक्री गरेको पाइएकोले ताला लगाएको उहाँले बताउनुभयो । उक्त फार्मेसीले आवश्यक सम्पुर्ण मापदण्ड पालना नभएसम्मका लागी ताला लगाउने कार्य जारी नै रहने सहायक प्रमुख जिल्ला अधिकारी अम्रित प्रसाद सुवेदीले बताउनुभयो । 

त्यसैगरी सिमकोटमा सञ्चालन हुँदै आएका अन्य तीन वटा फार्मेसीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही हद म्याद गुज्रेका औषधी समेत भेटिएकोले उक्त औषधीको बरामद गरी टोलीले नष्ट गरेको छ । सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकाया (भाम)को नेतृत्वमा सदरमुकाममा सञ्चालीत औषधि पसलहरुको अनुगमनमा गरिएको थियो । 

38e04a0f-324d-4d89-8f70-d1934f54e34a-1723466606.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै