नेभिगेशन
सिमकोट

सिमकोटका फार्मेशी अनुगमन, एकमा लगाइयो ताला 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन हुँदै आएका निजी फार्मेसीको सोमबार अनुगमन गरिएको छ ।

सदरमुकाममा सञ्चालन भएका चारवटा मेडिकलको अनुगमनका क्रममा एक फार्मेसीमा ताला लगाइएको छ । सिमकोटमा सञ्चालित फार्मेसीहरु निर्धारित मापदण्ड बिपरित सञ्चालन हुदै आएको पाइएपछि अनुगमनका क्रमका ताला लगाइएको जानकारी प्राप्त भएको छ । 

निर्धारित न्युनतम मापदण्ड अनुसार पालना नगरी सञ्चालन हुँदै आएको क्रिसव एण्ड क्रिसाङ फार्मेसीलाई ताला लगाएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर बहादुर भण्डारीले बताउनुभयो । सदरमुकाममा सञ्चालन हुँदै आएका फार्मेसीहरुको अनुगमन गर्ने क्रममा उक्त फार्मेसीले गाउँपालिकामा दर्ता नै नगरी सेवा प्रवाह गरिरहेको भेटीएपछि ताला लगाएर बन्द गरिएको संयोजक भण्डारीले बताउनुभयो ।

उक्त फार्मेसी अनुगमन गर्दा फार्मेसीका नाममा व्यवसाय दर्ता नभएको, स्थायी पाना नम्बर दर्ता नभएको, मुल्य सुची टाँस नभएको र केही हद म्याद नाघेका औषधीहरु समेत बिक्री गरेको पाइएकोले ताला लगाएको उहाँले बताउनुभयो । उक्त फार्मेसीले आवश्यक सम्पुर्ण मापदण्ड पालना नभएसम्मका लागी ताला लगाउने कार्य जारी नै रहने सहायक प्रमुख जिल्ला अधिकारी अम्रित प्रसाद सुवेदीले बताउनुभयो । 

त्यसैगरी सिमकोटमा सञ्चालन हुँदै आएका अन्य तीन वटा फार्मेसीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही हद म्याद गुज्रेका औषधी समेत भेटिएकोले उक्त औषधीको बरामद गरी टोलीले नष्ट गरेको छ । सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकाया (भाम)को नेतृत्वमा सदरमुकाममा सञ्चालीत औषधि पसलहरुको अनुगमनमा गरिएको थियो । 

38e04a0f-324d-4d89-8f70-d1934f54e34a-1723466606.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै