नेभिगेशन
खार्पुनाथ

महिना दिनदेखि ठानाकोटको टेलिफोन सेवा अवरुद्ध, टेलिकमको व्यवास्था 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका नागरीक झण्डै महिना दिनदेखि टेलिफोन सेवाबाट बन्चित भएका छन् । यति लामो सयमसम्म अवरुद्ध भएको टेलिफोन सेवा मर्मतका लागि सम्बन्धित पक्ष नेपाल टेलिकम हुम्लाले व्यवास्था गरेको यहाँका नागरीकको गुनासो छ । राया गाउँको ठानाकोटमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध हुँदा खार्पुनाथ गाउँपालिकाको चार वटा वडाका सेवाग्राही मर्कामा परेका छन् ।   

महिना दिनदेखि दिनदेखि टेलिफोन सेवाले काम गर्न छोड्दा यहाँका नागरिकले जिल्ला बाहिर र सदरमुकाम लगायत छिमेकी गाउँपालिकामा भएका आफन्तसँग टेलिफोनमा जोडिन नसकेको स्थानीय टेक बुढाले बताउनुभयो । यसरी महिना दिनसम्म मर्मतका लागि टेलिकम हुम्लाले व्यवस्था गर्दा यहाँका नागरीक सञ्चार सेवाबाट बन्चित हुनु परेको छ । 
ठानकोटमा विग्रीएको टावरलाई मर्मतका लागि वडाध्यक्ष एक हप्ताअघि नेपाल टेलिकममा पुगेर मर्मतका लागि अनुरोध गर्दापनि कुनै सुनुवाई हुन् नसकेको बताइएको छ । वडाध्यक्ष पुग्दा नेपाल टेलिकमले हप्तादिन भित्र मर्मतका लागि कर्मचारी पठाउँछु भनेपनि आजसम्म नपठाएको रायाका नागरीकले बताएका छन् । 

यता नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाका अनुसार, मर्मतका लागि प्राविधिक पठाउने भनेपनि केही कर्मचारी परीक्षा दिन गएका कारण पठाउन नसकिएको बताउनुभयो । महिना दिनसम्म रायाका नागरीकले नमस्ते टेलिफोन सेवामा जोडिन नसकेको निमित्त प्रमुख लामाले स्विकार गर्नुभयो । अवरुद्ध भएको टावर मर्मतका लागि केही दिनमा एक, दुई जना कर्मचारीले पठाउने बताउनुभयो । 

रायाको ठानाकोटमा रहेको टावरमा जडान गरिएको सोलारको जस्ता पाताले काम नगर्दा टेलिफोन सेवा अवरुद्ध भएको राया गाउँका स्थानीयले गुनासो गरेका छन् । सोलार पुरानो हुँदा यहाँका सेवाग्राहीले पटक पटक फोन सेवाबाट बन्चित हुनु पर्ने गरेको बुढाले बताउनुभयो । 

गाउँमा एक मात्रै सञ्चारको माध्यम टेलिफोन भएपनि महिना दिनदेखि नबन्दा यहाँका नागरीक अन्यत्र रहेका आफन्तसँग फोन सम्पर्कमा जोडिन नसकेका हुन् । गाउँ नजिकै रहेको टावरमा खराबी आउँदा दुई घण्टाको टाढा अग्लो डाडामा गएर फोन सम्पर्कमा जोडिनु परेको बुढाको भनाई छ ।

यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही टेलिफोन सेवाबाट बन्चित रहेका छन् । यी चारवटा वडाका झण्डै दुई हजार बढी सेवाग्राही टेलिफोन सेवाबाट बन्चित रहेका छन् । 

धेरै वर्ष पुराना सोलार भएकाले बेला बेलामा अवरुद्ध हुँदै आएको छ । टावर जडान गरिएको स्थानमा विद्युत पुगेको भएपनि टावरमा विद्युत जडानका लागि वडा र गाउँपालिकाले बेवास्ता गरेको यहाँका नागरीकको गुनासो छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै