नेभिगेशन
समाज

सोलुखुम्बुको थामेमा पहिरो

 सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो ।

यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनले मानवीय क्षतिको विवरण नआएको बताइन् ।  यसैबिच जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 त्यहाँस्थित पालिकाहरुले पनि सूचना जारी गर्दै नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ भने जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताइन् । आज दिउँसो २ बजे बाढी आएको थियो ।

Thame-pahiro-2-1723824555.jpeg
 

७ जनाको उद्धार, एक जना सम्पर्कविहीन
पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ९खत्री०ले बताइन् ।

बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रका एक जना सम्पर्कविहीन भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले रातोपाटीलाई बताए ।

उनका अनुसार हालसम्म बाढीको कारण १२ वटा घर, हिमालयन ट्रस्टको क्लिनिक र विद्यालय बगाएको छ । दाहालले भने, ‘७ घर जोखिममा छन्,  दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेका छौँ ।’ 

Thame-pahiro-3-1723824554.jpeg
 

तापक्रम वृद्धिले हिमताल विस्फोट भएको हुनसक्छः मौशम विभाग 

जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीबारे प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । 

विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ । 

शुक्रबार दिउँसो करिब १ः३० बजे थामेखोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मि।मि। वर्षा मापन भएको र  साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।  तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५।९ डिग्री सेल्सियस  पुगेको विभागको भनाइ छ । 

‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ । 

सो बाढीको कारण जल तथा मौसम विज्ञान विभागको दुधकोशी र बुवाबजार बाढी मापन केन्द्र, खोटाङमा जलसतह आज साँझ ५ः१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब १.२० मिटर बढी साँझ ५ः४० बजे ५.५३ मिटर पुगेको थियो । तर, सो समय पश्चात बिस्तारै बाढीको सतह घट्न थालेकोले रबुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठुलो जोखिम नहुने देखिएपनि दुधकोशीको नदीतटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

यस घटनाको सम्बन्धमा विभागले थप अध्ययन गर्ने पनि जनाएको छ ।

Thame-pahiro-1723824553.jpeg
 

यसरी आयो पहिरो 
दिउँसो २ बजे अचानक लेदोसहित आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे बस्तीका १४ वटा घर तथा भवन क्षतिग्रस्त बनाएको छ । तर, ठुलो पानी पनि नपरेको अवस्थामा अचानक कसरी आयो भन्ने कुरा अझै अन्योल छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढीको कारण पत्ता नलागेको बताइन् । ‘अहिलेसम्म सुक्खा पहिरो हो कि रु हिमताल फुटेको हो कि रु हिम पहिरो हो कि रु के हो भन्ने विषय यकिन भएकै छैन,’ उनले भनिन् ।

उनका अनुसार बाढीका कारण कुनै मानवीय क्षतिको विवरण आएको छैन । तर, एक जना स्थानीय व्यक्ति सम्पर्कमा नआएको भन्ने खबर रहेको उनले बताइन् । ‘ती मानिस चाहिँ बाढीमा परेको हो वा अन्यत्र भएको हो भन्ने विषय खुलेको छैन,’ उनले भनिन् ।

बाढीले ५ वटा होटल र ७ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । यस्तै एउटा विद्यालय, एउटा क्लिनिक पनि पूर्णरूपमा क्षति भएको छ भने थप ७ वटा घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।

त्यस स्थानमा तल्लो थामे र पल्लो थामे भन्ने दुई वटा बस्ती छन् । तल्लो थामेमा बाढी आएको कारण त्यहाँका बासिन्दालाई पल्लो थामेमा सारिएको उनले जानकारी दिइन् । ‘तल्लो थामेबाट पल्लो थामेमा पठाउने काम भइरहेको छ । जनताको महत्त्वपूर्ण सामान त्यहाँ भएको भए सुरक्षित ठाउँमा लाने काम नेपाली सेना र नेपाल प्रहरीले गरिरहेको छ,’ उनले भनिन्, ‘त्यहाँ भएका पशु चौपायालाई पनि सुरक्षित ठाउँमा लाने काम भइरहेको छ ।’

तल्लो थामे पूर्णरूपमा जोखिम भएकाले त्यहाँका बासिन्दालाई जोखिम नभएको पल्लो थामेमा लगिएको उनको भनाइ छ । अहिले उक्त स्थानमा बादल लागेको भए पनि पानी परेको छैन । दुधकोशीको बाढी पनि केही कम भएको छ ।

प्रजिअ खत्रीले भनिन्, ‘अहिले त्यहाँ वर्षा रोकिएको छ । हल्काफुल्का बादल लागेको छ । दुधकोशीमा पानीको बहाव कम भएको छ । उर्लिएर आएको खोला अब घट्ला भन्ने अपेक्षा गरिरहेका छौँ ।’

प्रदेश प्रहरी कार्यालय कोशीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद दाहालले त्यहाँ १ सय जना मानिस विस्थापित भएको बताए । ‘थामेका १ सय मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ,’ दाहालले भने ।

उक्त स्थानमा नेपाली सेनाको २१ जना र नेपाल प्रहरीका ११ जनाले उद्धार कार्य गरिरहेको बताइएको छ । दाहालका अनुसार खास बाढी थामे खोलामा आएको हो । ‘त्यहाँ बाढी आएको खोलालाई थामे खोला भन्दारहेछन् । थामे खोलामा बाढी आएको हो । थामे खोला आएर त्यहाँको स्थानीय भोटेकोशीमा मिसिँदो रहेछ । त्यो भोटेकोशी गएर दुधकोशीमा मिसिन्छ,’ दाहालले भने ।

दाहालले त्यहाँ बाढी आएको देखिए पनि माथि के भएको हो भन्ने विषय नखुलेको बताए । ‘अहिले बाढीमात्रै आएको देखिन्छ । माथि पोखरी फुटेको भन्ने कुरा केही पनि पुष्टि भएको छैन,’ उनले भने ।

थामे बस्ती पर्यटकीय र सुन्दर रहेको स्थानीय बताउँछन् । ‘थामे गाउँ राम्रो थियो बिगार्‍यो,’ सोलुखुम्बुका राजनीतिकर्मी भोजराज कार्की भन्छन् । उनका अनुसार स्थानीयले भने हिमताल फुटेको अनुमान गरेका छन् । थामेबाट एक दिन उकालो चढेपछि ‘थामु हिमताल’ भन्ने ठाउँमा पुगिने र सोही ताल फुटेको हुनसक्ने स्थानीयको अनुमान रहेको उनले बताए ।

‘स्थानीयले भने हिमताल फुटेको अनुमान गरेका छन् । तर, स्थलगत अनुगमन नगरेसम्म त्यो पुष्टि नहुने अवस्था छ । कटान जारी छ । त्यसो हुँदा नदी थुनिन सक्ने र थप क्षति गर्नसक्ने जोखिम पनि छ,’ सोलुखुम्बुका राजनीतिकर्मी भोजराज कार्कीले त्यहाँका स्थानीयसँग गरेको कुराकानीलाई उद्धृत गर्दै भने ।

थामे बस्तीबाट पैदल जाँदा थामु हिमताल भएको ठाउँमा पुग्न झण्डै एक दिन लाग्ने उनको भनाइ छ ।

दुधकोशी नदी सोलुखुम्बु र खोटाङको सीमा भएर बग्छ । उक्त नदीले सोलुखुम्बु र खोटाङको तल्लो तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको खुम्बु पासाङल्हामु, माप्यदुधकोशी गाउँपालिका, सोताङ, थुलुङ दुधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्न सक्ने त्यहाँका स्थानीय बताउँछन् ।

यसैबिच थामे बस्तीमा आएको बाढीको विषयमा अध्ययन गर्न शनिबार विज्ञ टोली त्यसतर्फ जाने बताइएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणको टोली त्यसतर्फ जान लागेको हो । उक्त टोली शुक्रबार नै जान चाहे पनि मौसमको खराबीका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान सकेन । नेपाली सेनाको टोली पनि शनिबार बिहानै त्यसतर्फ जाने तयारी गरेको बताइएको छ ।

यसैबिच जल तथा मौसम विज्ञान विभागले बाढीबारे प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ ।

Thame-pahiro-1-1723824553.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
नवरात्रको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

नवरात्रको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका...
ताँजकोटको पुइमामा बोलेरो जीप दुर्घटनाः दुईको घट्नास्थलमै मृत्यु

ताँजकोटको पुइमामा बोलेरो जीप दुर्घटनाः दुईको घट्नास्थलमै मृत्यु

हुम्लाबाट नेपालगञ्जबाट जादैँ गरेको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर २० घरभएकी ४९ वर्षिय बिष्नु परियार र नाम नखुलेका अन्दाजी पाँच, छ वर्षका बालककको मृत्युभएको...
नवरात्रको तेस्रो दिन ; चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको तेस्रो दिन ; चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको पहिलो दिन बिहीबार दशैं घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत...