नेभिगेशन
राजनीति

उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियोः माओवादी नेता शर्मा 

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफुलाई शिर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् ।

शनिबार रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रचण्डकै अगाडी आफुलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हु्न् ।

उपमहासचिव शर्माले कार्यकर्तालाई के आफु दलाल जस्तो देखिन्छु रु के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट आफुले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए ।

उनले भने 'आज म बडो आश्चर्यमा छु म । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी रु तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ रु भन्नुस्– म दलालजस्तो छु रु म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईँहरुले रु तर, त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।'

शर्माले अहिले पार्टीभित्र संघर्ष र पश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको बताउदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दु्राग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए ।

शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफु र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउदै यो पार्टीको राम्रोको लागि भएको ब्याख्या गरेका छन् । उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै