नेभिगेशन
खार्पुनाथ

अवरुद्ध भएको महिना दिनपछि रायामा टेलिफोन सेवा सुचारु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा अवरुद्ध भएको नमस्ते टेलिफोन सेवाको टावर शुक्रबारदेखि सञ्चालन भएको छ । रायाको ठानकोटमा रहेको टावर अवरुद्ध भएको एक महिना बढी भएको थियो ।
   उक्त स्थानमा रहेको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर शनिबार मर्मत गरेपछि सोही दिनको दिउँसोदेखि सञ्चालनमा आएको नेपाल टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाले बताउनुभयो । अब राया लगायत खार्पुनाथ गाउँपालिकाको चारवटा वडाका नागरीक सहित आसपास क्षेत्रका सेवाग्राहीले पनि सेवा लिन पाएको निमित्त प्रमुख लामाले बताउनुभयो ।

     प्राविधिक शाहीका अनुसार, रायाको ठानकोटमा रहेको टावर अवरुद्ध हुनु विद्युतको पावर नभएकाले एक महिनादेखि यो सेवा अवरुद्ध भएको थियो । पावर ब्याकप नपुगेका कारण टेलिफोन सेवा अवरुद्ध भएको प्राविधिक शाहीले बताउनुभयो । अन्य कुनै सामग्री नविग्रीएको र ब्याकप नपुगेकाले अवरुद्ध भएको हो । सामान्य मर्मतपछि सेवा सुचारु भएको जानकारी प्राप्त भएको छ । चार्ज नहुने जस्तापाता जडान गरेपछि टेलिफोन सेवा सञ्चालनमा आएको हो । प्यानल जडान गरिएपछि सेवा सुचारु भएको हो । 

     धेरै वर्ष पुराना सोलार भएकाले अझै टेलिफोन सेवा अवरुद्ध हुने देखिएको बताइएको छ । जस्तापता पुराना हुँदा बेला बेलामा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ । यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही आजदेखि टेलिफोन सेवाको पहुँचमा पुगेका छन् । यी चारवटा वडाका झण्डै दुई हजार बढी सेवाग्राही टेलिफोन सेवाबाट एक महिनादेखि बन्चित रहेका थिए । 

dd9bfd80-23d1-4346-8619-1e516829344a-1723950023.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
वर्षासँगैको पहिरोले रायाको वनमा पचास भेडा मरे  

वर्षासँगैको पहिरोले रायाको वनमा पचास भेडा मरे  

बुधबार दिउँसोदेखि हुम्लामा आएको अविलर वर्षाले राया गाउँका दुई जना स्थानीयको पचास वटा भेडा बाडी पहिरोमा परी मरेका छन् । बर्खायाम सुरु भएसँगै लेख तिरका उच्च भेडिगोठमा पाल्नका...