नेभिगेशन
समाज

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१४ आदर्शटोलस्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) १ किलो ३ सय ग्राम र घरेलु मदिरा करिब १ सय ५० लिटर सहित पसलका संचालक सोही ठाउँ बस्ने ६४ वर्षीया पातली थिङ र २९ वर्षीया चाँदनी श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नैकाप र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध र घरेलु मदिरा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

बझाङ, बित्थडचिर गाउँपालिका-३ दुधढल्लाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ८ सय ४५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुंगल नगरपालिका-२ दहबगर पौटा बस्ने २९ वर्षीय दिपक धामी र ४५ वर्षीय आईते धामी रहेका छन् । प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले बागथलाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ च ३९३३ नम्बरको जिपलाई जाँच गर्ने क्रममा जिपको पछाडि राखेको मकैको कट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी जिपका चालक दिपक र जिपमा सवार आईतेलाई पक्राउ गरेको हो ।  

चितवन, राप्ती नगरपालिका-२ गडौली पन्थ डाँडाबाट अवैध लागूऔषध गाँजा ५ किलो ३ सय ९० ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन लामा, २६ वर्षीय गोविन्द प्रजा र २६ वर्षीय सफल परियार रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

झापा, मेचिनगर नगरपालिका(६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बुद्धशान्ति गाउँपालिका(४ सृजना बस्ती बस्ने इलाम सूर्योदय नगरपालिका-८ घर भएका २१ वर्षीय पञ्चसिङ तामाङ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय  मिलिग्राम सहित लम्किचुहा नगरपालिका-१० घर भएका २४ वर्षीय मनराज सुनारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, पथरी नगरपालिका-१ सुनाखरी टोल बस्ने २५ वर्षीय राजेश मादेन समेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बैतडी, डिलासैनी गाउँपालिका-२ गन्नाबाट अवैध लागूऔषध चेरश ७ सय ५० ग्राम सहित दार्चुला अपिहिमाल गाउँपालिका-५ बस्ने ४६ वर्षीय दान सिह धामीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने

निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने

हुम्लाका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार हुम्लामा कुनैपनि राजनितिक दलले १० वडा झण्डा भन्दा बढी प्रयोग गर्न नपाइने र कुनै र्यालीमा २५ जनाको मात्र सहभागिता गराउनु पर्ने...
कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम जोहो गर्न नसक्ने भएपछि राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक वर्ष २०८२÷८३ लागी छनोट भएकोे एचडिपी स्याउ बगैचा स्थापनाका लागी...
२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित...
हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस निलकण्ठ पराजुलीले कार्यालयको...
भर्खरै