नेभिगेशन
सिमकोट

म्याद गुज्रेका सामान विक्री गर्ने पाँच पसल कारबाहीमा

सिमकोट । आइतबार सदरमुकाम सिमकोटमा रहेका दशवटा पसल अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा पाँचवटा पसल कारबाहीमा परेका छन् । कारबाहीमा परेका पाँचवटा पसल व्यवसायीलाई रु पाँच हजारका दरले कारबाही स्वरुप अनुगमन टोलीले जरिवाना लिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको नेतृत्वमा सिमकोट बजार अनुगमन गरिएको छ । चारवटा वटा पसललाई रु पाँच हजारका दरले र एक पसललाई रु दुई हजारका दरले जरिवाना तोकिएको जानकारी प्राप्त भएको छ । 

   अनुगमनका क्रममा बुढा जनरल स्टोर, मालिका महादेब पसल, एटु जेट जुम्ला जनरल सप्लायर्स, रावत सपिङ सेन्टरलाई पाँच हजार जरीवाना तोकिएको हो । भने किनमेल स्टोर पसललाई दुई हजार जरिवाना तोकिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर विष्टले बताउनुभयो । कारबाहीमा परेका पसलहरुले साइनवोर्ड नराखेको, मूल्य सूचि टाँस नगरेको, म्याद गुज्रेका तथा स्वास्थ्यमा प्रतिकुल असर गर्ने जस्ता सामान विक्री गरेको भेटिएपछि उनिहरुलाई कारबाही स्वरुप पाँच हजार लिइएको कार्यालय प्रमुख विष्टले बताउनुभयो । यो पटक दश वटा ठूला पसल अनुगमन गरिएको र पछिका दिनहरुमा बजारमा रहेका सबै पसलहरुको अनुगमन गरिने भएको उहाँले बताउनुभयो । 

   बजार अनुगमनका क्रममा म्याद गुज्रेका भेटेर बरामद गरिएका धारा तेल, विस्कुट, बेसार, मसाला लगायतका सामग्री सोमबार नष्ट गरिने भएको छ । ती सबै सामग्री जिल्ला प्रशासनमा राखिएको र सोमबार मात्रै नष्ट गरिने भएको हो । 

   सिमकोटमा सञ्चालीत पसलेहरुले अबका दिनमा ग्याद गुज्रेका, जिल्ला दररेड भन्दा बढी मूल्यमा विक्री गरेको, मूल्य सूचि टाँस नगरेको, साइनबोर्ड नभएको, सामान खरिद तथा विक्री विल नभएको, सामानको कृतिम अभाव गरेको, खाद्य सामग्री र विषादी तथा रसायनयुक्त पदार्थहरुको छुट्टा छुट्टै भण्डारण नगरेको, लेबल नलगाएको तथा गलत लेबल लगाएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार दण्ड जरिवाना गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । उपभोक्तालाई सिमकोटका बजार व्यवसायीले ठगी गरेको पाइएमा नियमसंवत कारबाही गरिने भएको उहाँले बताउनुभयो । 

  यस्तै आइतबार भएको बजार अनुगमनमा सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम), सहयाक प्रमुख जिल्ला अधिकारी सुवेदी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख विष्ट, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक चुडामडी विक, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक रामदत्त पाण्डे, उद्योग बाणिज्य संघका उपाध्यक्ष छक्क रोकाया, नेपाल पत्रकार महासंघ हुम्ला शाखा अध्यक्ष राजन रावत, कृषि विकास कार्याल, पशु अस्पताल तथा पशु सेवा कार्यालय, सिमकोट गाउँपालिका कृषि विकास र पशु शाखाका प्रतिनिधि लगायत सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको अनुगमनमा उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्