नेभिगेशन
समाज

टेलिफोन सेवा नियमीत गर्न पातिहाल्नमा विद्युत जडान सुरु 

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नमस्ते टेलिफोन सेवा र फोरजी सेवा २४ सै घण्टा सुचारु गर्नका लागि विद्युत सेवा जडान कार्य सुरु भएको छ । 

   विद्युत सेवा जडानका लागि टासमिटर सुर्खेतबाट गाडीमार्फत पैदल भएर सिमकोट पुगेसँगै विद्युत सेवा जडानका लागि पातिहाल्नमा पठाएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । खार्पुदोभानमा एक महिना रोकिएको टासमिटर शनिबार आफु गएर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी, र खार्पु, दोजाम प्रहरीचौकीका प्रहरी परिचालन गरेर तीन सय पाँच क्विइन्टलको उक्त टासमिटर पुल तारेर ट्याक्टर मार्फत सिमकोट ल्याएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

    आइतबार उक्त टासमीटर ट्याक्टरमा लोड गरी पातिहाल्नमा पुगिसकेको छ । यस्तै नेपाल विद्युत प्राधिकरण हुम्लाले टासमिटर राख्नका लागि दुईवटा विद्युत पोल पनि उपलब्ध गराएको छ । सुर्खेतदेखि सिमकोट हुँदै पातिहाल्न सम्मको ढुवानी भाडा उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले व्यहोर्ने भएको अध्यक्ष भण्डारीले बताउनुभयो । टासमिटर सहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा त्यस तर्फ पुगेका छन् । 

   उक्त स्थानमा रहेको टावरले नाम्खाका तीन वटा वडा र सिमकोटका दुई वटा वडामा सेवा प्रवाह गरिरहेको छ । नाम्खा गाउँपालिकाका–१,२,३ र सिमकोट गाउँपालिका–७, ८ नम्बर वडाका नागरीकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् । यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरीकले टेलिफोन र फोरजीको हैरानी खेप्दै आएका थिए । घाम लागेको समय विहान दश र साँझ पाँच बजेसम्म काम गरेपनि अन्य समय बन्द हुँदै आएको थियो । 

विद्युत सेवा जडान भएपछि यहाँका सेवाग्राहीले नियमीत २४ सै घण्टा सेवा पाउने भएका छन् । टावर नियमीत सञ्चालन गर्नका लागि विद्युत सेवा जडानका लागि पहल गर्नुभएका सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीलाई यहाँका नागरीकले धन्यवाद समेत दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।