नेभिगेशन
समाज

टेलिफोन सेवा नियमीत गर्न पातिहाल्नमा विद्युत जडान सुरु 

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नमस्ते टेलिफोन सेवा र फोरजी सेवा २४ सै घण्टा सुचारु गर्नका लागि विद्युत सेवा जडान कार्य सुरु भएको छ । 

   विद्युत सेवा जडानका लागि टासमिटर सुर्खेतबाट गाडीमार्फत पैदल भएर सिमकोट पुगेसँगै विद्युत सेवा जडानका लागि पातिहाल्नमा पठाएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । खार्पुदोभानमा एक महिना रोकिएको टासमिटर शनिबार आफु गएर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी, र खार्पु, दोजाम प्रहरीचौकीका प्रहरी परिचालन गरेर तीन सय पाँच क्विइन्टलको उक्त टासमिटर पुल तारेर ट्याक्टर मार्फत सिमकोट ल्याएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

    आइतबार उक्त टासमीटर ट्याक्टरमा लोड गरी पातिहाल्नमा पुगिसकेको छ । यस्तै नेपाल विद्युत प्राधिकरण हुम्लाले टासमिटर राख्नका लागि दुईवटा विद्युत पोल पनि उपलब्ध गराएको छ । सुर्खेतदेखि सिमकोट हुँदै पातिहाल्न सम्मको ढुवानी भाडा उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले व्यहोर्ने भएको अध्यक्ष भण्डारीले बताउनुभयो । टासमिटर सहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा त्यस तर्फ पुगेका छन् । 

   उक्त स्थानमा रहेको टावरले नाम्खाका तीन वटा वडा र सिमकोटका दुई वटा वडामा सेवा प्रवाह गरिरहेको छ । नाम्खा गाउँपालिकाका–१,२,३ र सिमकोट गाउँपालिका–७, ८ नम्बर वडाका नागरीकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् । यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरीकले टेलिफोन र फोरजीको हैरानी खेप्दै आएका थिए । घाम लागेको समय विहान दश र साँझ पाँच बजेसम्म काम गरेपनि अन्य समय बन्द हुँदै आएको थियो । 

विद्युत सेवा जडान भएपछि यहाँका सेवाग्राहीले नियमीत २४ सै घण्टा सेवा पाउने भएका छन् । टावर नियमीत सञ्चालन गर्नका लागि विद्युत सेवा जडानका लागि पहल गर्नुभएका सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीलाई यहाँका नागरीकले धन्यवाद समेत दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

लामो समय खडेरी परेको हुम्लामा पश्चिमी वायूका कारण अहिले ९ बजेबाट हुम्लामा हिउ पर्न सुरु गरेको छ ।
भर्खरै