नेभिगेशन
समाज

मुगु कर्णालीकै पहिलो साक्षर जिल्ला घोषणा  

मुगु । हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्ला लाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

मुगु जिल्लामा रहेका १ नगरपालिका र ३ गाउँपालिका गरि ४ स्थानीय तह छन । सबै  स्थानीय तह यस अघि साक्षर घोषणा भए संगै सोमबार मुगु जिल्ला लाई देशकै ६५ औ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरीएकोे छ । मुगु साविक कर्णालीका ५ जिल्ला मध्ये पहिलो साक्षर जिल्ला घोषणा हुन सफल भएको छ ।

छायांनाथ रारा नगरपालिका ९६.२५ प्रतिशत, सोरुमा गाउँपालिका ९६.५ प्रतिशत मुगुमकारमारोङ गाउँपालिका ९५ प्रतिशत र खत्याड गाउँपालिका ९६ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । साक्षर हुन तोकिएका सूचकहरु पूरा भएपछि साक्षर जिल्ला  घोषणा गरिएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ,जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की, छायांनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम लगायत पालिका प्रमुखहरुले सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर ब्यानारमा हस्ताक्षर गदै मुगु जिल्ला लाई  साक्षर घोषणा गरेका छ्न ।

तोकिएका १२ सूचकहरुमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार छायाँनाथ रारा नगरपालिका लाई गत असोज २ गते खत्याड गाउँपालिका र मुगुमकामारोङ्ग गाउँपालिका लाई असोज ४ गते र सोरुगाउँपालिका लाई असोज ५ गते गरी चार वटै स्थानीय तह साक्षर घोषणा पछि सोमबार मुगु जिल्ला लाई नै साक्षर जिल्ला घोषणा गरिएको छ ।

नेपालको जनगणना २०७८ अनुसार मुगुमा कुल जनसंख्या ६४ हजार ५ सय ४९ रहेको छ जनसंख्या रहेको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाईएको छ  ।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा  जिल्लालाई  साक्षर घोषणा गर्ने नीति अनुरुप मुगु जिल्लाको साक्षरता सुचक ५० प्रतिशत भन्दा माथी पूरा भएकाले  साक्षर जिल्ला घोषण गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले बताए । उनका अनुसार
गत भाद्र ३० गते जिल्ला सभाको बन्द सत्रमा पालिका हुदै जिल्ला लाई साक्षर जिल्ला घोषण गरीने निर्णय बमोजि मुगु जिल्ला साक्षर जिल्ला घोषणा गरीएको समन्वय प्रमुख कार्कीले बताए ।

हिजो गाउ घरमा प्रदेशबाट आफन्तहरुले पठाएको चिठी पढनका लागि गाउँ गाउँमा पढेको मान्छे खोज्दै हिडनु पर्ने अवस्था थियो । तर अहिले त्यो अवस्था छैन,महिला दिदी वहिनिहरु कोहि साक्षर थिएनन, कतै बजार तिर जादा सामानहरुको मूल्य अनुसार नगद दिन सक्ने साक्षर थिएनन आज सबै जान्न सक्ने भएका छन नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले भने ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले छायाँनाथ रारा नगरपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनाउन सफल भएको बताएका छन । घोषणाले मात्र नभई छायाँनाथ रारा नगरपालिकामा ५ वटा सामाुदायिक सिकाई केन्द्र स्थापाना भएका छन । त्यसै अनुरुप अध्ययनका क्रियाकलाप अगाडी बढाई छायाँनाथ रारा नगरपालिकाका लाई सत प्रतिशत साक्षर बनाउने योजनामा रहेको नगर प्रमुख भामले बताए ।

संघीयता बारे तथ्य बाहिर गएर अफवाह फैलाइएको छ । वास्तवमा देश संघियतामा गएदेखी गाउँ गाउमा विकासको लहर छाएको छ । जनताहरुले गलत कार्यको स्वतन्त्र पुर्वक विरोध गर्न पाएका छन,दुर्गम गरिव निमुखा  जनताका छोरा छोरीले राज्यको राजनैतिक र प्रशासनिक नेतृत्व गर्न पाएका छन । 

जिल्ला अस्पतालमा एमजिडिपी अभाव छ प्रदेश सरकारले एमजिडिपी चिकित्सक खोजी रहेको छ तर पाउन सकेको छैन भएका एमजिडिपी चिकित्सकहरु दुर्गममा आउन चाहदैनन सुगमनै रोज्छन । दुर्गम जिल्लाको स्वास्थ्य,शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारका लागि आफुले कर्णाली प्रदेश सरकारमा उपलब्धीमुलक कार्यमा ध्यान दिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गर्नु भयो । मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसङ्गै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन भने अझै १२ जिल्ला साक्षर  जिल्ला घोषणा हुन बाँकी छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।