नेभिगेशन
राजनीति

यस्ता छन्, एमालेको आकस्मिक बैठकले गरेका निर्णय (विज्ञप्ती)

 काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आकस्मिक बैठक बसेको छ । पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले पछिल्लो सृजित विपत्तिलाई मध्यनजर गर्दै विभिन्न निर्णयहरू गरेको हो ।

बैठकले बाढीपहिरो लगायत विपद्बाट ज्यान गुमाउनु भएकाहरूप्रति श्रद्वाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । यसका साथै मृतक परिवारलाई राहत दिन, बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधि उपचार गर्न र घरबारविहीनहरूको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै एमालेले उद्वारमा खटिनु भएका तीनै निकायका सुरक्षाकर्मी साथै एमालेका स्थानीय कमिटी र जनसंगठनप्रति आभार व्यक्त गरेको छ भने विपतको घडीमा बाढी पहिरो र डुबानबाट प्रभावित भएका प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीहरूले निर्धारित कार्यक्रमहरू स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन पनि दिइएको हो ।

बैठकले चाडवाडको मुखमा सडकमार्ग, पुल, विद्युत खानेपानी अवरूद्व भएका स्थानमा यथाशिघ्र सञ्चालनमा ल्याउन पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

Press-Statement-Ashoj-13_page-0001-1727629820.jpgPress-Statement-Ashoj-13_page-0002-1727629820.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...