नेभिगेशन
राजनीति

यस्ता छन्, एमालेको आकस्मिक बैठकले गरेका निर्णय (विज्ञप्ती)

 काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आकस्मिक बैठक बसेको छ । पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले पछिल्लो सृजित विपत्तिलाई मध्यनजर गर्दै विभिन्न निर्णयहरू गरेको हो ।

बैठकले बाढीपहिरो लगायत विपद्बाट ज्यान गुमाउनु भएकाहरूप्रति श्रद्वाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । यसका साथै मृतक परिवारलाई राहत दिन, बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधि उपचार गर्न र घरबारविहीनहरूको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै एमालेले उद्वारमा खटिनु भएका तीनै निकायका सुरक्षाकर्मी साथै एमालेका स्थानीय कमिटी र जनसंगठनप्रति आभार व्यक्त गरेको छ भने विपतको घडीमा बाढी पहिरो र डुबानबाट प्रभावित भएका प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीहरूले निर्धारित कार्यक्रमहरू स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन पनि दिइएको हो ।

बैठकले चाडवाडको मुखमा सडकमार्ग, पुल, विद्युत खानेपानी अवरूद्व भएका स्थानमा यथाशिघ्र सञ्चालनमा ल्याउन पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

Press-Statement-Ashoj-13_page-0001-1727629820.jpgPress-Statement-Ashoj-13_page-0002-1727629820.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 
नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पूर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यका साथै संस्थापक बरिस्ठ नेता लोक...