नेभिगेशन
समाज

लागु औषध दुव्र्यसन न्युनिकरणका लागि तीन महिने अभियान चलाईदै

सिमकोट । हिमाली जिल्ला हुम्लामा लागु औषध दुव्र्यसन नियन्त्रणका लागि तीन महिने अभियान सञ्चालन गरिने भएको छ । नेपाल सरकारको परिपत्र हनुसार जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा असोज १५ गतेदेखि पौष महिनाको १५ गतेसम्म तीन महिनाका लागि लागु औषध नियन्त्रणका लागि अभियान सञ्चालन हुने भएको छ । 
   हुम्लामा लागु औषध प्रयोगकर्ता त्यति धेरै नभएपनि नभएपनि जिल्ला विस्तारै सडकसँग जोडिनुका साथै हवाई मार्गबाट सिधै जोडिने भएकाले कोही कसैले यसको सेवन गरेको पाइएमा कारबाही हुने र यसको सेवनले मानिसमा पार्ने असरका बारेमा सचेतना फैलाउनका लागि तीन महिना अभियान सञ्चालन हुने भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । जिल्लाको लागु औषध सम्बन्धि अपराध न्युनिकरण गर्ने उदेश्यले तीन महिने अभियान सञ्चालन गर्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । सातवटै स्थानीय तह र सम्बन्धित सबै निकायका सरोकारवाला निकायाको यो अभियानमा हातेमालो जरुरी रहेको बताउनुभयो ।  

   हुम्लामा विभिन्न किसिमका ठुला लागु औषध नभित्रीएपनि जिल्लामा पाइने प्राकृतिरुपमा उम्रिएका (गाँजा), धतुरोको (अतर) बनाएर केही युवाले सेवन गरेपनि त्यसको पनि कडाइ हुनु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । सदरमुकाम सिमकोटका विभिन्न स्थानमा युवा जमात भएर साँझको समयमा गाँजा सेवन गर्ने स्थान प्रहरीले पत्ता लगाएर तीन पटक सम्झाउने यदि नमानेको खण्डमा कानुन बमोजीम कारबाही गर्न अध्यक्ष्य भण्डारीले प्रजिअ समक्ष प्रस्ताव राख्नु भएको थियो । 

    दशैँ तिहार नजिकिएसँगै जिल्ला बाहिर अध्ययन तथा घुमफिरका लागि गएका केही युवाले लागु औषध बोकेर ल्याएको हुन सक्ने भएकाले उनिहरुलाई थप निगरानीका साथै सचेत गराउनु पर्ने विभिन्न वक्ताहरुका भनाई थियो । यो विषय साँझा चासोको विषय रहेकोले सबै सरोकारवाला निकाय बिच समन्वय र सहकार्यको आवश्यक रहेको बताइएको छ । 

   उक्त जिल्ला प्रशासन कार्यालयको आयोजनामा लागु औषध दुव्र्यसन रोकथाम एवम् नियन्त्रण सम्बन्धि सरोकारवालासँग भएको छलफलमा जिल्लाको लागु औषधको अवस्था र न्युनिकरणको लागि गरिएका प्रयासको बारेमा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको थियो । 

   उक्त छलफलमा प्रमुख जिल्ला अधिकारी पाण्डेय, सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, सहायक प्रमुख जिल्ला अधिकारी सुवेदी, लोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक चुडामणी विक, सशस्त्र प्रहरी बल नम्बर ४४ गुल्मका डिएसपी देबराज राई, प्रहरी निरीक्षक सुरेश सुवेदी, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, नेपाल पत्रकार महासंघ शाखा हुम्लाका अध्यक्ष राजन रावत, लगायत विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।