नेभिगेशन
समाज

लागु औषध दुव्र्यसन न्युनिकरणका लागि तीन महिने अभियान चलाईदै

सिमकोट । हिमाली जिल्ला हुम्लामा लागु औषध दुव्र्यसन नियन्त्रणका लागि तीन महिने अभियान सञ्चालन गरिने भएको छ । नेपाल सरकारको परिपत्र हनुसार जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा असोज १५ गतेदेखि पौष महिनाको १५ गतेसम्म तीन महिनाका लागि लागु औषध नियन्त्रणका लागि अभियान सञ्चालन हुने भएको छ । 
   हुम्लामा लागु औषध प्रयोगकर्ता त्यति धेरै नभएपनि नभएपनि जिल्ला विस्तारै सडकसँग जोडिनुका साथै हवाई मार्गबाट सिधै जोडिने भएकाले कोही कसैले यसको सेवन गरेको पाइएमा कारबाही हुने र यसको सेवनले मानिसमा पार्ने असरका बारेमा सचेतना फैलाउनका लागि तीन महिना अभियान सञ्चालन हुने भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । जिल्लाको लागु औषध सम्बन्धि अपराध न्युनिकरण गर्ने उदेश्यले तीन महिने अभियान सञ्चालन गर्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । सातवटै स्थानीय तह र सम्बन्धित सबै निकायका सरोकारवाला निकायाको यो अभियानमा हातेमालो जरुरी रहेको बताउनुभयो ।  

   हुम्लामा विभिन्न किसिमका ठुला लागु औषध नभित्रीएपनि जिल्लामा पाइने प्राकृतिरुपमा उम्रिएका (गाँजा), धतुरोको (अतर) बनाएर केही युवाले सेवन गरेपनि त्यसको पनि कडाइ हुनु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । सदरमुकाम सिमकोटका विभिन्न स्थानमा युवा जमात भएर साँझको समयमा गाँजा सेवन गर्ने स्थान प्रहरीले पत्ता लगाएर तीन पटक सम्झाउने यदि नमानेको खण्डमा कानुन बमोजीम कारबाही गर्न अध्यक्ष्य भण्डारीले प्रजिअ समक्ष प्रस्ताव राख्नु भएको थियो । 

    दशैँ तिहार नजिकिएसँगै जिल्ला बाहिर अध्ययन तथा घुमफिरका लागि गएका केही युवाले लागु औषध बोकेर ल्याएको हुन सक्ने भएकाले उनिहरुलाई थप निगरानीका साथै सचेत गराउनु पर्ने विभिन्न वक्ताहरुका भनाई थियो । यो विषय साँझा चासोको विषय रहेकोले सबै सरोकारवाला निकाय बिच समन्वय र सहकार्यको आवश्यक रहेको बताइएको छ । 

   उक्त जिल्ला प्रशासन कार्यालयको आयोजनामा लागु औषध दुव्र्यसन रोकथाम एवम् नियन्त्रण सम्बन्धि सरोकारवालासँग भएको छलफलमा जिल्लाको लागु औषधको अवस्था र न्युनिकरणको लागि गरिएका प्रयासको बारेमा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको थियो । 

   उक्त छलफलमा प्रमुख जिल्ला अधिकारी पाण्डेय, सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, सहायक प्रमुख जिल्ला अधिकारी सुवेदी, लोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक चुडामणी विक, सशस्त्र प्रहरी बल नम्बर ४४ गुल्मका डिएसपी देबराज राई, प्रहरी निरीक्षक सुरेश सुवेदी, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, नेपाल पत्रकार महासंघ शाखा हुम्लाका अध्यक्ष राजन रावत, लगायत विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन
भर्खरै