नेभिगेशन
समाज

आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो कृत्रिम अभ्यास

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट तल्लो बजार सिमसार क्षेत्रमा सोमबार विहान जिल्लाको मनसुन तथा अन्य विपदलाई मध्यनजर गरी विपद प्रतिकार्य कृत्रिम अभ्यास गरिएको छ । 

   तीनवटै सुरक्षा निकाय नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसको संयुक्त रुपमा सहभागीतामा डेमो प्रदर्शन गरेका थिए । सिमकोट तल्लो बजारको खेल मैदानमा परालको छानो भएको घरमा आगलागी भएको सूचना जिल्ला प्रशासनमा आयो । प्रशासनले विपद व्यवस्थापन टोलीलाई तत्कालै खबर गरी उक्त टोली घट्नास्थलमा पुगेर आगो निभायो । 

   कृत्रिम भएपनि घटनालाई वास्तविकजस्तै बनाइएको थियो । आगलागीमा घर जलेका महिला आफ्नो घरको आगो नियन्त्रणमा सरिक हुँदा घाइते हुनुभयो र विपद व्यवस्थापन टोलीले तत्काल प्राथामिक उपचार समेत गरेको थियो । थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको थियो । 

   आगलागीको कृत्रिम घटना गराई नियन्त्रणका लागि पूर्वअभ्यास गरिएको बराहदल गुल्म, रानीवन ब्यारेक हुम्लाका सेनानी प्रतिक सिंह राठौरले बताउनुभयो । हुम्लामा समबैभन्दा विपदका घट्ना मध्य आगलागीका घटना बढी भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्व अभ्यास गरिएको सेनानी राठौरले बताउनुभयो । घटनामा तीनवटै सुरक्षा निकायको विपद व्यवस्थापन टोलीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेको उपचारको व्यवस्था गरिएको थियो ।  

   आगलागीका घट्ना नहुन यदी भइहालेमा घटनालाई कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्नका लागि सुरक्षाकर्मीले विपदको समय आपदविपद, अप्ठेरो, सारोगारो नभनी  आवश्यक सरसमान परिचालन सहित परिचालित भएको र अपुग तथा नपुगेका सरसमानको व्यवस्थापन गर्ने पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूर्वअभ्यास कार्यक्रम गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । कृत्रिम अभ्यासमा आगलागीको घट्ना भएको छ, त्यसको उद्धारका लागि आवश्यक पोशाक सहित तयारीमा खटिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । हुम्लामा हुने यस्ता विपदका घट्ना नियन्त्रणका लागि जिल्ला विपद व्यवस्थापन समिति पूर्वतयारीमा चनाखो रहेको उहाँले बताउनुभयो । 

   विपदका घट्ना जतिखेर पनि आइपर्ने भएकाले त्यस्ता घट्नाको पूर्वतयारीका लागि सरक्षाकर्मीले गरेको यो कार्य राम्रो भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । आगलागी, बाढी पहिरो जस्ता घट्नाबाट मानविय र धनजनको क्षतिबाट उद्धार गर्न र कृत्रिम अभ्यासको प्रदर्शनमा लागेका सुरक्षाकर्मीलाई धन्यवाद समेत दिनुभएको थियो । 

   सोमबार भएको कृत्रिम अभ्यासमा प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल,सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राई, अनुसन्धान अधिकृत राजकुमार न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । 

460950212_1067147558480057_1280035554075178314_n-1728282255.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुख्खा पहिरोका कारण कर्णाली करिडोर अन्र्तगत खच्चा सडक अवरुद्ध, सवारी साधन जाममा

सुख्खा पहिरोका कारण कर्णाली करिडोर अन्र्तगत खच्चा सडक अवरुद्ध, सवारी साधन जाममा

हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ खच्चा क्षेत्रमा पर्ने कर्णाली करिडोर सडक खण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडक माथिबाट अचानक...
फोजी रिपिटर टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडका वडामा पुनः इन्टरनेट सेवा सुचारु

फोजी रिपिटर टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडका वडामा पुनः इन्टरनेट सेवा सुचारु

सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेख अन्तर्गत खातिलेखमा रहेको फोजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीयले केही दिनदेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावर बैशाख १...
सुत्केरी महिलाको पाठेघरमा साल अड्किदा नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार

सुत्केरी महिलाको पाठेघरमा साल अड्किदा नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार

नेपाली सेनाको हेलिकप्टरद्धारा एक जना सुत्केरी महिलाको उद्धार गरिएको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ बाम्टाकी ३५ वर्षीया सरिला शाहीको आज बिहान जिल्ला बाहिर हेलिकप्टरद्धारा उद्धार गरिएको...
सार्वजनिक बिदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह गर्ने

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालय हुम्लाले सार्वजनिक बिदाका दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले वर्षभरी पर्ने सार्वजनिक बिदाका दिनमा पनि सेवाग्राहीलाई सेवा प्रवाह गरिने भएको छ...
भर्खरै