नेभिगेशन
राजनीति

सभापति पक्राउविरुद्ध रास्वपा हुम्लाको ज्ञापनपत्र 

सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरूद्धमा रास्वपा हुम्लाले आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत रिहाईको माग गर्दै गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

रास्वपाका कर्णाली प्रदेश कमिटि सदस्य तथा कार्यवाहक जिल्ला संयोजक बुधे बुढाको नेतृत्वमा गएको टोलीले बजारमा सभापति लामिछानेको रिहाइको मागको शान्तिपूर्ण तरिकारले नारा लगाउँदै जिल्ला प्रशासनमा पुगेर ज्ञापन पत्र बुझाएको हो । सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको बताइएको छ ।

सहकारी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेश पोखरेल र कांग्रेसका उपसभापति धनराज गुरुङलाई छानबिनको दायरामा नल्याएको ज्ञापनपत्रमा भनिएको छ । निर्दोष व्यक्तिलाई राजनितिक प्रतिशोधका आधारमा पक्राउ गर्नु र दोषी ठहरिएकाहरु पक्राउ नपर्नु समेत भनिएको छ । निष्पक्ष छानविन नभए सडक र सदन दुबैमा आन्दोलनमा रास्वपा उत्रिने समेत भनिएको छ । सहकारी र मिटरव्याजी पिडितले न्याय समयमै पाउनुका साथै वास्तविक ठगीलाई पक्रउ गर्नुपर्ने उनिहरुको माग रहेको थियो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा रास्वपाका जिल्ला स्थित अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...