नेभिगेशन
राजनीति

उपनिर्वाचनमा जुटे हुम्लाका दलः एमाले र माओवादीको जिल्ला कमिटि बैठक सम्पन्न 

सिमकोट । हुम्लाका राजनीतिक दलहरु आगामी मंसिर १६ गते हुने उपनिर्वाचन केन्द्रीत भएर लाग्न थालेका छन् । 

गएको भदौ ४ गते गाडी दुर्घटनामा उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएपछि रिक्त रहेको उपाध्यक्ष पदपूर्तिका लागि निर्वाचन आयोगले मंसिर १६ गतेका लागि उपनिर्वाचन गर्ने गरी गतिविध अघि बढाइरहेको बेला हुम्लाका प्रमुख राजनीतिक दलहरु जिल्ला केन्द्रति गतिविधिमा केन्द्रीत हुन थालेका छन् । 

एमालेको जिल्ला कमिटि बैठकः निर्वाचन अवधीमा अन्य गतिविधि नगर्ने

नेकपा (एमाले) हुम्लाले आगामी मंसिर १६ गते हुने उपचुनावको अवधीमा निर्वाचन केन्द्रीत बाहेक अन्य कुनै कार्यक्रमको आयोजना नगर्ने निर्णय गर्दै तेस्रो जिल्ला कमिटि बैठक सम्पन्न भएको छ ।

पार्टीले उपनिर्वाचनमा अघि सारेको उम्मेरदवारलाई बीजयी गरउान कुनै कसर बाँकी नराख्ने नीति लिदैं एकाले हुम्लाले जिल्लाको सबै शक्ति सर्केगाड केन्द्रीत गराउने निर्णय गरेको छ ।

पार्टीका उपमहासचिव प्रदिपकुमार ज्ञावली, प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाहलगायतका जम्बो नेताहरुको उपस्थितीमा दुई दिनसम्म प्रशिक्षक प्रक्षिण कार्यक्रम सम्पन्न गरेको एमाले हुम्लाले जिल्लाका सबै नेता कार्यकर्तालाई उपनिर्वाचन हुने भूगोलमा केन्द्रीत हुने आग्रह गरेको पार्टी सचिव तिर्थराज बोहराले जानकारी दिए । 
 
उनका अनुसार एमाले जिल्ला कमिटि हुम्लाको स्कुल विभागको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भए लगत्तै बसेको तेस्रो जिल्ला कमिटि बैठकले  पार्टीका आन्तरिक जीवनका विभिन्न निर्णय गरेको छ ।

अध्यक्ष जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता, स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीको प्रमुख आथित्यमा सम्पन्न भएको बैठकले आप्mना केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्ने गरी लाग्न आग्रह समेत गरेको हो । 

सिमकोट माथिल्लो बजारको लामा सांस्कृति मञ्चमा सञ्चालन भएको उक्त बैठकले सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुन गैरहेको उपचुनावमा पार्टीका उम्मेरदवारलाई निर्वाचन गराउन जिल्लाको सबै शक्ति केन्द्रित गर्ने, निर्वाचनको अवधीमा पार्टीको कुनैपनि अन्य औपचारिक कार्यक्रमहरुको आयोजना नगर्ने निर्णय नगरेको छ । 

बैठकमा जिल्ला पार्टी इन्चार्ज छक्क बहादुर लामा, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश स्कुल विभागका समन्वयकर्ता राजबहादुर बुढा, केन्द्रि सदस्यद्धय दल रावल र दल फडेरा प्रदेश कमिटि सदस्य, जिल्ला किमिट सदस्यलगायत जिल्लाभरका नेता तथा कार्यकर्ताहरुको सहभागितामा तेस्रो जिल्ला कमिटि बैठक सम्पन्न भएको एमाले हुम्लाले जनाएको छ । 
 
माओवादी रणनीतिः आप्mनो पद फर्काउन सबै विकल्प अघि सार्ने 

आप्mना उपाध्यक्षको निधन पछि उपनिर्वाचन हुने भएपछि माओवादी केन्द्रले कुनैपनि विकल्पले निर्वाचन परिणाम हात पार्ने रणनीति तय गर्दै जिल्ला कमिटि बैठक शुरु भएको छ ।

पार्टी प्रदेश र केन्द्रका नेताहरुसहित जिल्लाका राजनीतिक दलहरुमध्ये सर्केगाड केन्द्रीत हुने पहिलो दल बनेको माओवादी केन्द्रले जिल्लाको सम्पूर्ण शक्तिसहित बैठक शुरु गरेको माओवादी केन्द्रले जनाएको छ । 

पार्टीको केन्द्रीय सदस्य समेत रहेका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितका नेताहरु सहित जिल्लाको सबै शक्तिलाई सर्केगाड केन्द्रीत भएको माओवादीले बैठकमा सर्केगाडको वडा र वस्ती अनुसारको पछिल्लो अवस्था, राजनीतिक शक्ति सन्तुलन र संभावित समिकरणका बारेमा रिर्पोट गर्ने काम भएको माओवादी स्रोतले जनाएको छ । 

बिहिबारसम्म सञ्चालन हुने बैठकले आप्mनो अवस्था एकिन गरेर संभावित उम्मेरदवारको तय गर्ने मापदण्ड बनाउने, पार्टीका चुनावी रणनीति निर्माण गर्ने पार्टीका सचिव धर्मराज बोहराले बताए ।

निकै तामझामका साथ शुरु भएको बैठकमा कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष केसी, जिल्ला इन्र्चाज छिमीदोर्ची लामा (आशाकर) केन्द्रीय सदस्य विजय भण्डारी, सीता शाही (सुष्मिता), बिरजंग शाही,  प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा, प्रदेस सभा सदस्य रणसिंह परियार लगायतका नेताहरुको सहभागिता रहेको छ ।

नेपाली कांग्रेस तिहारपछि केन्द्रीत हुने 
नेपाली कांग्रसले सर्केगाडको उपचुनाव केन्द्रति बैठक तिहार पछि मात्रै सञ्चालन गर्ने भएको छ । 

एमाले र माओवादीले आप्mना निर्वाचन केन्द्रीत विषयका बारेमा छलफल तथा बैठक शुरु गरेपछि जिल्लाका नेताहरु भने तिहार पछि मात्रै सर्केगाडमा केन्द्रीत हुने बताइएको छ ।

उपाध्यक्षको उम्मेरदवारको सिफारिस गाउँ कार्यसमितिले गर्ने गरी तयारी गरिरहको बताएको नेपाली कांग्रेसले गाउँको सिफारिस पश्चात अन्तिम टुंगो लगाउने काम तिहार लगत्तै गर्ने भएको नेपाली कंग्रेस हुम्ला स्रोतले जनाएको छ । 

पालिकाको नेतृत्व आप्mनै भएका कारण पालिका अध्यक्ष र पालिकाको पार्टीले आन्तरि तयारी गरिरहेको बताएको कंग्रेसले तिहार पछि केन्द्रीय कार्य सम्पादन समति सदस्य तथा पुर्व मुख्यमन्त्री जीवनबहदादुर शाही, केन्द्रीय सदस्य रंगमती शाही, संविधानसभा सदस्य रिता शाहीलगायत जिल्लाका नेताहरु सर्केगाड केन्द्रीत हुने जानकारी दिएको छ । 

अहिले पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य शाही विरुद्ध विशेष अदालतमा जारी मुद्धाको टुंगो केहि दिनमा लाग्ने भएकाले पनि कांग्रेसले आन्तरिक तयारीका काममा केहि बिलम्ब गरेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...