नेभिगेशन
राजनीति

मुख्यमन्त्री कडेल हुम्लाको विकासे प्रगतिका साथै समस्या बुझ्न सोमबार हुम्ला पुग्दै

सिमकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेल सोमबार विहान हुम्ला आउनु हुने भएको छ । कर्णाली प्रदेश सरकारको निति कार्यक्रम अनुसार प्रदेश सरकारले पठाएको बजेट, कार्यान्वयनको अवस्था र प्रगतिका साथै समस्या (चुनौती) बुझ्नका लागि मुख्यमन्त्री कडेलको टोली सोमबार सिमकोट पुग्न लागेको स्वकिय सचिव धनश्याम पाण्डेयले बताउनुभयो । 

    जिल्ला स्थित कार्यालयमा सेवा प्रवाहमा देखिएका समस्या लगायतका विषयतमा बुझ्नका लागि मुख्यमन्त्री कडेल हुम्ला पुग्न लाग्नु भएको हो । साथै मुख्यमन्त्री कडेल हुम्ला पुगेसँगै स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुका साथै स्थानीयका समस्या (चुनौती) समेत बुझ्नका लागि आउन लाग्नु भएको स्वकिय सचिव पाण्डेयले बताउनुभयो ।

   सदरमुकाम सिमकोट पुगेसँगै मुख्यमन्त्री कडेलले सिमकोटमा सरहेका सरोकावाला निकाय सम्बन्धित कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, राजनितिक दल, लगायतसम्बद्धसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने भएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । 

    साथै मुख्यमन्त्री कडेलसँग उर्जा तथा जल स्रोत मन्त्री विजय बुढा लगायतको टोली हुम्ला आउन लाग्नुभएको हो । यसअघि भौतिक पूर्वधार मन्त्री शेरबहादुर बुढा सिमकोट पुगि सक्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 
भर्खरै