नेभिगेशन
राजनीति

मुख्यमन्त्री कडेल हुम्लाको विकासे प्रगतिका साथै समस्या बुझ्न सोमबार हुम्ला पुग्दै

सिमकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेल सोमबार विहान हुम्ला आउनु हुने भएको छ । कर्णाली प्रदेश सरकारको निति कार्यक्रम अनुसार प्रदेश सरकारले पठाएको बजेट, कार्यान्वयनको अवस्था र प्रगतिका साथै समस्या (चुनौती) बुझ्नका लागि मुख्यमन्त्री कडेलको टोली सोमबार सिमकोट पुग्न लागेको स्वकिय सचिव धनश्याम पाण्डेयले बताउनुभयो । 

    जिल्ला स्थित कार्यालयमा सेवा प्रवाहमा देखिएका समस्या लगायतका विषयतमा बुझ्नका लागि मुख्यमन्त्री कडेल हुम्ला पुग्न लाग्नु भएको हो । साथै मुख्यमन्त्री कडेल हुम्ला पुगेसँगै स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुका साथै स्थानीयका समस्या (चुनौती) समेत बुझ्नका लागि आउन लाग्नु भएको स्वकिय सचिव पाण्डेयले बताउनुभयो ।

   सदरमुकाम सिमकोट पुगेसँगै मुख्यमन्त्री कडेलले सिमकोटमा सरहेका सरोकावाला निकाय सम्बन्धित कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, राजनितिक दल, लगायतसम्बद्धसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने भएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । 

    साथै मुख्यमन्त्री कडेलसँग उर्जा तथा जल स्रोत मन्त्री विजय बुढा लगायतको टोली हुम्ला आउन लाग्नुभएको हो । यसअघि भौतिक पूर्वधार मन्त्री शेरबहादुर बुढा सिमकोट पुगि सक्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै