नेभिगेशन
राजनीति

योजना माग्ने र दिनेको होइन, सेवाग्राहीको हो ; मुख्यमन्त्री कडेल

सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले तीनै तहका सरकारबाट आउने योजनाहरु माग्ने र दिनेको नभएर सेवाग्राही जनताको भएको बताउनु भएको छ । 

कर्णाली प्रदेशको सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक हिमाली जिल्ला हुम्ला पुग्नु भएका एमाले स्थायी कमिटि सदस्य समेत रहनु भएका मुख्यमन्त्री कडेलले प्रदेशबाट विनियोजित योजनाहरु मैले अग्रीम रकम तिरेर ल्याएको भन्दै निजि उपभोक्ता समिति बनाउने र विकासको रकम कटौती थरेर लिने प्रवृति बढिरहेका बेला यस्तो बताउनु भएको हो । 

'पदभार ग्रहण गर्नासाथ मैले आप्mनो पहल कदमी गरेको छु । संविधानले दिएको भूमिकालाई मैले थप प्रधावकारी बनाउने काममा म लाग्छु र लागेको छु', मुख्यमन्त्री कडेलले भन्नुभयो, 'मैले सत्ता सम्हालेको दिनदेखि संघीय सरकारसँग कर्णालीका लागि चारवटा कुरा माग गरेको छु । कोहलपुर देखि सुर्खेतसम्मको सडक, सुर्खेतदेखि हुम्ला, सुर्खेतदेखि डोल्पा, कालिकोट देखि नाक्चेलाग्ना र सुर्खेतदेखि कर्णालीका जिल्लाहरुमा हुने नियमित हवाई उडान हुने पूर्वाधार निर्माणको कुरा मैले संघीय सरकारलाई भनिरहेको छु ।' 

संघ, प्रदेश र स्थानीय तहले गरेको भनेर विवाद गरिरहनु आवश्यक नरहेको उल्लेख गर्नुभएका मुख्यमन्त्री कडेलले हरेक सेवाग्राही नागरि र स्थानीय सरकारले जुन सरकारबाट आएका योजना भएपनि त्यसको पारदर्शिता र जवाफदेहितालाई ख्याल गरेर कार्यान्वयन गर्ने हो भने कर्णालीको विकास बजेटको भन्दा धेरै हुने दावी गर्नुभयो । 

प्रेस चौतारी हुम्लाले सिमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकारका अन्य दुई जना क्याविनेट मन्त्री सहित पुग्नु भएका मुख्यमन्त्री कडेलले चालु आर्थिक वर्षको बजेटमा आफू चाहेजती सुधार गर्न नसकेको कुरा स्विकार गर्नुभयो । 

प्रदेश सरकारबाट विनियोजित योजनाहरुको अनुगमन, प्रदेशका नीति निर्माण र कानूनी व्यवस्था लगायतका विषयमा हुम्लाका राजनीतिक दल, सरकारी कर्मचारी, नागरिक अगवाहरुसँगको छलफल तथा अनुगमनका लागि सिमकोट पुग्नु भएका मुख्यमन्त्री कडेल केहि दिन हुम्लामै रहेर विभिन्न स्थानहरुको अवलोकन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकिय सचिव घनश्याम पाण्डेले बताए । 
 
सिमकोट पुग्नु भएका मुख्यमन्त्री कडेललाई भौतिक पुर्वधार मन्त्री सेरबहादुर बुढा, जलस्रोत तथा उर्जा मन्त्री बिजय बोहरा, एमालेका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, सुरक्षाकर्मी र हुम्लाका नागरिकले सांस्कृतिक झाँकीसहित स्वागत गरेका छन् ।
 प्रदेश सरकारका पूर्वाधार मन्त्री बुढा दुई दिन अघि र जलस्रोत मन्त्री बोहरा आजै सिमकोट पुग्नु भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...