नेभिगेशन
राजनीति

यस्तो छ, सर्केगाड उपनिर्वाचनमा दलहरुको रणनीति

 सिमकोट । सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनको तयारीमा जिल्लाका प्रमुख राजनीतिक दलहरु जुटेका छन् । 

निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्ने गरी कसलाई उम्मेरदवार बनाउँदा राम्रो हुन्छ ? कसरी आन्तरिक पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ ? भन्ने आन्तरिक तयारीमा जिल्लाका तीन ठूला दलहरु बैठक र छलफलमा जुटिरहेका छन् ।

नेपालीहरुका ठूला चार्ड दशै र तिहारमा घर फर्केका दलका नेताहरु निर्वाचन क्षेत्र सर्केगाड केन्द्रीत हुन थालेका छन् । 

जिल्लाका ठूला राजनीतिक दल नेपाली कांग्रेस, एककिृत नेकपा माओवादी र नेकपा (एमाले)ले आप्mनो जिल्लाभरको शक्ति सर्केगाड केन्द्रीत गर्ने अभियान थालेका छन् । तिहार अघि जिल्ला कमिटिका बैठक सर्केगाडमा सम्पन्न गरेका एमाले, कांग्रेस, माओवादी र राप्रपा अहिले अगुवा कार्यकर्ता भेला र घरदैलोमा केन्द्रत हुन थालेका छन् । 

कांग्रेस-माओवादीको असन्तुष्टी खेज्दै एमाले 
अंक गणितका हिसाबले तेस्रो स्थानमा रहेको एमाले रणनीतिक रुपमा पर्ख र हेरको अवस्थामा देखिन्छ । केन्द्रीय पार्टीले कसैसँग कार्यगत एकता नगरेर एकल रुपमा चुनावमा भाग लिने नीतिगत निर्णय गरेपछि अरु दलभित्रको असहमतीमा खेल्ने दाउमा पर्ख र हेरको अवस्थामा  हुम्ला एमाले देखिन्छ । 

कार्तिक १५ गतेसम्म उम्मेरदवारको सिफारिस गर्न जारी केन्द्रीय सर्कुलर अनुसार उपाध्यक्षको उम्मेरदवार कसलाई बनाउने भन्ने कुरालाई गोप्य नैं राखेको छ । एमाले हुम्ला स्रोतका अनुसार जिल्लाको हेडक्वाटर भनेर चिनिने चारजना केन्द्रीय नेताहरुमा कसलाई उम्मेरदवार बनाउने ? भन्नेकुरा गोप्य छ । अन्य दलहरुले उम्मेरदवारको तय गरेपश्चात आफूले त्यसको सबै वस्तुगत आधार बिष्लेषण गरेर ३० पछि उम्मेरदवारको छनोट गर्ने दाउमा एमाले छ ।

‘स्थानीय कमिटिको सिफारिसका आधारमा जिल्लाको पदाधिकारी वा सचिवालय कैठकले केन्द्रीय नेतासँगको परामर्शमा कसलाई उम्मेरदवार बनाउने भनेर टुंगोमा पुग्छ’, एमाले हुम्लाका एक पदाधिकारीले भने, ‘संगठन र मतसंख्याका आधारमा हामी भन्दा माओवादी कांग्रेस ठूला भएकाले एमाले एक्लै आप्mना मत सुरक्षित राख्ने गरी अघि बढ्छ । अहिले हामी स्थानीय अवस्था बुझिरहेका छौं । कसलाई उम्मेरदवार बनाउने टुंगो निकट भविष्यमै लगाउँछौं ।’ 

UML-1731062814.png
 

पार्टीका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञावली, प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाहलगायतका नेताहरुसहित जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण र बैठक समापन गरेलगत्तै मुख्यमन्त्री यामलाल कडेलको जिल्ला भ्रमण सकेको हुम्ला एमालेले सर्केगाडमा भर्खरै अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । निर्वाचनको तयारी, चुनावी अभियानको योजना लगायतका विषयमा छलफल गर्न सुक्रबार (आज) एमालेले आन्तरिक भेलाको आयोजना गरेको छ । जिल्लाका सबै नेताहरु सर्केगाड केन्द्रीत गरेको एमालेले सुक्रबार सम्पन्न भेलामा ३ वटा समुह विभाजन गरिएको छ । सबै वडा र वस्ती स्तरको अवस्थालाई बुझ्न एमालेले सर्केगाड वडा नं. १ मा भर्खरै एकिकृत समाजवादीबाट फर्केका नेता लोकबहादुर हमाल, वडा नं. २, ३ र ४ मा केन्द्रीय सदस्य दल फडेरा, वडा नं. ४, ५ र ६ मा प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद कलबहादुर हमाल र वडा नं. ७ र ८ मा जिल्ला उपाध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा टोली परिचालन गरेको छ । टोलीले गरेको वडा र वस्तीगत अवस्थाका आधारमा आगामी कार्तिक ३० गते उम्मेरदवारको अन्तिम नाम टुंगो लगाउने योजना एमालेको छ । 

पुरुष उम्मेरदवार उठाए परिणामा आप्mनो हातमा पार्ने गरी तयारी थालेको एमालेका लागि निर्वाचन आयोगले कार्तिक १ गते दलहरुका लागि जारी गरेको निर्देशनले केहि बाधा पुर्याएको बताइन्छ । कसलाई उपाध्यक्षको उम्मेरदवार बताउदा प्रभावकारी हुन्छ भन्नेमा एमाले अँझै टुंगोमा पुगिसकेको छैन् । यद्यपी, केन्द्र पार्टीको सर्कुलर अनुसार तीन जनाको नाम प्रदेश र केन्द्रमा लेखि पठाएपनि नाम गोप्य नैं राखेको छ ।

पार्टी भित्र चर्को गुट भएपनि सर्केगाडमा पछिल्लो जिल्ला अधिवेशनले एकै गुटमा रहेका जिल्ला अध्यक्ष ज्ञामी वुमी र केन्द्रयि सदस्य तथा पुर्वमन्त्री दल रावलको गृह पालिका भएकाले पनि एमाले गुटको लडाईबाट केहि माथि उठेको विष्लेषण जिल्ला स्तरका नेता कार्यकर्ताको छ । 

आयोगको बाटौ कुर्दै माओवादी 

आप्mना पालिका उपाध्यक्ष नेता चन्द्रसिंह कार्कीको निधनपछि रिक्त रहेको पद पोल्टामा पार्न कुनै कसर बाँकी नराख्ने स्थितीमा देखिएको एकीककृत माओवादी केन्द्रका लागि अनिवार्य महिला उम्मेरदवार बनाउनु पर्ने निर्वाचन आयोगको निर्देशन बाधक बनेको छ । 

महिला भन्दा पुरुष उम्मेरदवार जनमतका हिसाबले बलिया भएको सूचना वडातहबाट संकलन गरेको माओवादीले अँझै आयोगको निर्णयमा पुर्नबीचार हुन्छकी भन्ने बाटो कुरेको देखिन्छ । माओवादीबाट अलग्गिएर एकिकृत नेकपा माओवादी (समाजवादी) गठन गरेको संवधान सभा सदस्य कर्णजीत बुढाथोकी र नेकपा माओवादी (विप्लव)का मतसमेत आप्mनो पक्षमा आउने आँकलन गरेको माओवादीले पुरुष भए एक्लै निर्वाचनको मत परिणाम हात पार्ने योजनामा थियो । माओवादी केन्द्रीय सदस्य तथा पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसीलगायतका नेताहरुलाई सर्केगाडमा उतारेको हुम्ला माओवादी कार्तिक २५ पछि जिल्लाको सम्पूर्ण शक्ति केन्द्रीत गर्ने रणनीतिमा छ । जिल्ला इन्चार्ज छिमिदोर्ची लामा (आशाकर), जिल्ला समन्वय कमिटिका अध्यक्ष डा. दिपेन्द्र रोकायालगायतका नेताहरु पलिका केन्द्रीत भएको माओवादी केन्द्र हुम्लाले जनाएको छ । जिल्ला प्रदेश र केन्द्रका नेताहरु पालिका अध्यक्ष, उपाध्यक्ष, सांसदमा भएकाले सबै कामको व्यवस्था गरेर चाँडै कार्यक्षेत्रमा पुग्ने आन्तरिक सर्कुलर माओवादीले गरेको छ । 

MB-1731062812.jpg
२०७९ साल वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग कार्यगत एकता गरेर उपाध्यक्ष हात पारेको माओवादीलाई यो अवधीमा कांग्रेस नेतृत्वको पालिका सरकारले एकल रुपमा अघि बढेको भन्दै कार्यकर्तामा असन्तुष्ट बढेकाले पुनः कार्यगत एकता नगर्ने दवाव पार्टी भित्र बढ्दै गएको छ । केन्द्र र प्रदेशको पछिल्लो सत्ता समिकरण अनुसार एमाले नेपाली कांग्रेसबीच समिकरण भैहाल्छकी भन्नेमा त्रसित देखिएको माओवादी पालिकाको तेस्रो शक्ति एमालेलाई आप्mनो पक्षमा ल्याउने कसरत गरिरहेको बताइन्छ । एमाले, कांग्रेसले उम्मेरदवार तय गरेपछि मात्रै आफूले उठाउने उम्मेरदवारको नाम टुंगो लगाउने रणनीति लिएको माओवादी विभिन्न नाममा छलपल चलाइरहेको छ । 

मध्यमार्गी व्यक्ति खोज्दै कांग्रेस 
पालिकाको मत संख्याका आधारमा पहिलो दल भएपनि आन्तरिक दुई खेमाको मध्यमार्गी बाटो पहिल्याउने चुनौतीका बीच नेपाली कांग्रेस हुम्ला अघि बढेको छ । जिल्ला कार्यसमितिको बैठक, गाउँ कार्यसमितिको बैठक सम्पन्न गरेपछि कसलाई उम्मेरदवारका रुपमा अघि बढाउने ? छलफलको टुंगो लागि नसकेको नेपाली कांग्रेसले जनाएको छ । आप्mनो अध्यक्ष निर्वाचित भएकाले महिला ल्याउनु पर्ने बाध्यताका बीच आयोगको पछिल्लो निर्णयले केहि राहत महशुस कांग्रेसले गरेको छ ।

आन्तरिक शक्ति सन्तुलनमा कोइराला पक्षको नेतृत्व गरिरहेकी नेतृ रिता शाही समुहलाई आप्mनो गृह पालिका भएकाले बिराशत कायम राख्ने चुनौती छ, भने सांसद पदबाट निलम्बनमा परेका पुर्वमुख्यमन्त्री तथा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले आफूपक्षिय नेतालाई स्थापीत गराउने मौकाका रुपमा सदुपयोग गर्ने चुनौती छ ।

NC-1731062813.jpg
खासगरी २०७९ मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दुई किनारा बनेको हुम्ला कांग्रेस आप्mना नेता शाहीमाथि लागेको आरोप अदालतमा बीचाराधिन भएकाले पनि नैतिक संकट परेको छ । संकटको अवस्थामा पनि दुई पक्ष बेग्लाबेग्ले लाग्ने हो भने परिणाम अर्काको हातमा पर्ने डरले अन्य कार्यकर्ता मिलाएर लैजानुको विकल्प देख्दैनन् । तर टिकट वितरणमा न्याय नभए बिद्रोहको आवाज कम गर्न नसकिने तर्क नेतृ शाही पक्षको छ । सहमती गर्न सके नयाँ अनुहारलाई अघि बढाउने योजनामा रहेको संस्थापन पक्ष अंक गणितका हिसाबले पनि रिता समुहलाई असन्तुष्ट बनाइहाल्ने पक्षमा छैन् । सबैभन्दा ठूलो दल भएकाले एकल रुपमै निर्वाचन परिणाम हात पार्न सकिन्छ भन्नेमा देखिएको कांग्रेस पालिका नेतृत्वलाई अहिलेकै हिसाबले काममा सहज गर्ने उपाध्यक्ष ल्याउने रिता समुहको रणनीति र सबैको समर्थनमा आफूपक्षिय नेतालाई स्थापीत गर्दै जिल्लामा कांग्रेसी बर्चश्व कायम भएको सन्देश दिने संस्थापन पक्षको रणनीतिक स्वार्थबा बीच दुवै समुहको मध्यमार्गी व्यक्ति खोजिमा रुमालिएको छ । 

पर्ख र हेरमा साना दल 
पालिकामा आप्mनौ खासै बर्चस्व नदेखेका साना दलहरु ठूला दलहरुको शक्ति सन्तुलनका आधारमा आप्mनो रणनीति बनाउने पक्षमा देखिएका छन् । 

एकल रुपमा चुनावी मैदानमा उत्रिता जमानत जफत हुने त्रासका बीचमा रहेको साना दलहरु आप्mनो समर्थनका मतले उपाध्यक्ष जितोस् भन्ने ध्येयमा अघि बढेका छन् । बाहिरि रुपमा कुनै दललाई समर्थन गर्नु भन्दा हामी आप्mना मत सुरक्षित गर्ने योजनाका साथ अघि बढ्छौं भन्ने भनाइ गरेपछि एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरु ठूला दलहरुले लिने नीतिमा आप्mनो रणनीति बनाउने तर्फ केन्द्रीत देखिन्छन् । 

आगामी मंसिर २ गते मनोनयन दर्ता गरेपनि जसलिने गरी चुनावी तालमेलको पक्षमा साना दलहरु देखिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
हुम्ला पुगेकी राज्य मन्त्री गमता विकको अनुभूतीः  'माथिल्लो कर्णालीको विकास गर्न धेरै बाँकी रहेछ'

हुम्ला पुगेकी राज्य मन्त्री गमता विकको अनुभूतीः  'माथिल्लो कर्णालीको विकास गर्न धेरै बाँकी रहेछ'

कर्णालीका दश जिल्लामध्ये पहिलो पटक हुम्ला पुगेको बताएकी राज्यमन्त्री विकले देश संघीय संरचनामा गएपछि केहि विकासे गतिविधिले तिब्रता लिएको देखिएपनि जुन रुपमा तिनै तहका सरकारबाट विकास हुनुपर्ने हो...